काठमाडौं । गृहसचिव प्रेमकुमार राईले सशस्त्र प्रहरी बलको महानिरक्षिकमा पदोन्नती भएका शैलेन्द्र खनाललाई चैत्र २९ गते गृहमन्त्रालयमा आयोजित एक समारोहबीच सशस्त्र प्रहरी महानिरीक्षकको दज्र्यानी चिन्ह प्रदान गर्नुभयो । सशस्त्र प्रहरी महानिरीक्षक खनाल नेपाल सरकार मन्त्रीपरिषदको चैत्र २०७४ चैत्र २७ गतेको निर्णयले सशस्त्र प्रहरी महानिरीक्षमा पदोन्नती हुनुभएको हो । समारोहलाई सम्बोधन गर्नुहुँदै गृहसचिव प्रेमकुमार राईले नेपाल सरकारले अंगीकार गर्ने नीति तथा कार्यक्रमलाई सफल बनाउन सधैं कटिबद्ध रहनुपर्ने उल्लेख गर्नुभयो ।
जनचाहना अनुसारको सेवा प्रवाहमा ध्यान दिदै अझैं प्रभावकारी एवं पारदर्शी ढंगबाट कार्यसम्पादन गर्न समेत निर्देशन दिनुभयो । गृह सचिव राईले सुरक्षा निकायमा चेनअफ कमाण्ड ज्यादै महत्वपूर्ण मानिने हुँदा त्यसलाई ख्याल गरेर मात्र कार्य गर्नुपर्ने बताउनुभयो । शान्ति सुरक्षा अमनचयन लगायत सरकारले सुम्पिएको जिम्मेवारी र उद्देश्य पुरा गर्न आवश्यक कार्ययोजनाका साथ अगाडि बढ्न समेत निर्देशन दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपालको सांगठानिक सुधार एवं काम कारवाहीमा गृहमन्त्रालयको सदैव सहयोग र समन्वय रहने चर्चा गर्नुहँुदै गृहसचिव राईले सशस्त्र प्रहरी कर्मचारीको वृद्धि विकास एवं मनोवल अभिबृद्धि हुने खालको कार्ययोजनालाई प्राथमिकता दिई सुशासन र सदाचार कायम गर्दै नमुनाको रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो । उक्त कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले नेपाल सरकारबाट प्राप्त नीति, निर्देशन, कार्यादेश र ऐननियमद्वारा पद्धत जिम्मेवारीहरुलाई पुरा गर्न जस्तोसुकै परिस्थितिमा पनि परिचालित भई कार्य गर्न सक्ने संगठन निर्माणतर्फ आफ्नो दृष्टिकोण रहने बताउनुभयो ।
उहाँले राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा एवं जनताको सेवा र सुरक्षाका लागि सधैं समर्पित रहने चर्चा गर्नुहुँदै सामाजिक सदभाव, सुशासन, संवैधानिक सर्वोच्चता एवं कानुनी शासनको पालनामा अनुशासित, नैतिकवान, सेवामुखी, व्यावसायिक तथा सवल ढंगबाट कर्तव्यनिष्ठ रहने बताउनुभयो । कल्याणकारी कार्यक्रमलाई तल्लो तहका अधिकृत जवानहरुको हितमा बढि भन्दा बढि उपयोग गर्नुका साथै सशस्त्र प्रहरी कर्मचारीको सरुवा, बढुवा, युएन मिसन, पुरस्कार लगायतका वृद्धि विकासका अवसरहरुलाई वैज्ञानिक पद्धतीमा आधारित बनाइने बताउनुहुँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले भ्रष्टाचार, मानवअधिकार र लैंगिक हिंसामा शून्य सहनशिलताको नीति लिदैँ प्रविधिमा आधारित कार्यप्रणालीको विकासगरी संगठनको कामकारवाहीलाई फौजी संस्कार अनुसार चुस्त र सुदृढीकरण गर्दै लगिने बताउनुभयो ।
उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक दिलीपराज रेग्मी, अवकास प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु वासुदेव वली, सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ, दुर्जकुमार राई र सिंहबहादुर श्रेष्ठ लगायत गृहमन्त्रालयका उच्च अधिकारीहरु एवं नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रमपछि सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहिबारै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा पद वहाली गर्दै सम्पूर्ण सशस्त्र प्रहरी बलका राष्ट्रसेवकहरुलाई निर्देशन समेत दिनुभयो ।
Análisis de Paradise 8 Casino: plataforma con licencia de Curazao, soporte en español y pagos con Bizum. Descubre su catálogo...
Warum ich nur auf Schweizer Plattformen setze und wie die Netzsperren funktionieren. Ein ehrlicher Blick auf legale Alternativen zu ausländischen...
Analyse der Plattform BangaWin Casino für den deutschen Markt. Fokus auf Sicherheit, Zahlungsabwicklung und Einhaltung regulatorischer Standards ohne deutsche Lizenz.