देउवाले भनेको जस्तो हाइन, एमसीसी पास गर्छौं भनेकै छैनः प्रचण्ड – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

देउवाले भनेको जस्तो हाइन, एमसीसी पास गर्छौं भनेकै छैनः प्रचण्ड

काठमाडौं । अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)का विषयमा प्रचण्डले फरक कुरा गरेका छन् । एमसीसी पास गर्छौं भनेर प्रचण्ड र मैले चिठ्ठी लेखेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले दाबी गरिरहेका बेला प्रचण्डले त्यसको खण्डन गरेका हुन् ।

राष्ट्रिय सहमति नभई एमसीसी पारित गर्न नसक्ने भएकाले बरु त्यसका लागि समय चाहिन्छ भनेको प्रचण्डको भनाइ छ । बिहीबार बेलायत भ्रमणबाट फर्किएका प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पास गर्छौ भनेर प्रचण्ड र आफूले हस्ताक्षर गरेर पठाइसकेको दाबी गरे ।

देउवाको उक्त अभिव्यक्तिले गठबन्धनमा मात्रै होइन सामाजिक संचालमा समेत तरंग पैदा गरेको छ ।उक्त तरंगको वकालत गर्दै प्रचण्डले भने, हामीले भनेको के हो भने देशमा सबै दलहरुसँग छलफल नगरी राष्ट्रिय सहमति नबनाई हामीले यसलाई पारित गर्न सकिँदैन ।

त्यसका निम्ति हामीलाई समय चाहिन्छ । हामी छलफल गर्छौं भनेर लेखेको चिठ्ठी हो । हामी पास गर्छौं भनेर लेखेको होइन ।’ एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्नुपर्ने प्रावधान नभएको, तर त्यो थप्दा समस्या भएको प्रचण्डको भनाइ छ ।

अमेरिका, बेलायत वा कुनै पनि देशले लिने अनुदान सहयोग लिनु स्वाभाविक भएको भन्दै प्रचण्डले सहमतिमा डराउनुपर्ने कुरै नभएको बताए ।

सम्बन्धित समाचार

Как вывести деньги с 1win официального сайта
  • २०७८ कार्तिक १९, १९: २८

Как вывести деньги с 1win официального сайта Меня зовут Алексей Смирнов, и в этой статье я расскажу вам, как вывести...

Pinco Casino: A Safe Space for Responsible Gaming
  • २०७८ कार्तिक १९, १९: २८

Pinco Casino: A Safe Space for Responsible Gaming Salam, mənim adım Elvin Həsənov. Bu gün sizə “Pinco Casino: A Safe...

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę
  • २०७८ कार्तिक १९, १९: २८

Najpopularniejsze gry z darmowymi spinami w Mostbet – rozpocznij przygodę W świecie gier online, kasyna oferujące darmowe spiny są wyjątkowo...