म्याद सकिएको सामान पाइएपछि भाटभटेनी सुपरमार्केटलाई २ लाख जरिवाना – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

म्याद सकिएको सामान पाइएपछि भाटभटेनी सुपरमार्केटलाई २ लाख जरिवाना

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौं र बाणिज्य बिभागको संयुक्त अनुगमन टोलीले कलंकीस्थीत भाटभटेनी सुपरमार्केटलाई दुई लाख जरिवाना गरेको छ । आइतबार गरिएको अनुगमनका क्रममा म्याद सकिएको मिरिन्डा र म्याद स्पष्ट नदेखिने सामान राखिएको पाइएपछि उक्त सुपरमार्केटलाई दुई लाख जरिवाना गरेको हो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिवाना गरिएको काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले बताए । आगामी दिनमा म्याद गुज्रिएको सामान बिक्रि गरिएको पाइए थप कारावाही गर्ने गरि सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी पौडेले बताए ।

त्यस्तै कालिमाटीमा रहेको समर किराना पसल र चम्पारण स्टोरमा अनुगमन गर्दा मूल्य सूची नराखिएको, केहि सामानहरुको म्याद सकिएको र उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिएको ठहर गर्दै अनुगमन टोलीले रु ५०–५० हजार रुपैया जरिवाना गरिएको पौडेलले बताए ।

संयुक्त अनुगमन टोलीले काठमाडौंको चाल्नाखेलस्थीत एभरेष्ट ग्यास उद्योगको अनुगमन गरेको थियो । सो क्रममा भारतबाट ग्यास आउने त्रम जारी रहेको र दुईतीन दिनभित्र फिलिङ गरि बजारमा पठाइने जानकारी पाएको जनाएको छ ।

काठमाडौं जिल्ला सहायक प्रमुख पौडलेले आगामी दिनहरुमा पनि जनताको जीवन रक्षाका लागि बजार अनुगमनलाई निरन्तरता दिने बताउँदै जनताको जीवन माथि खेलवाड गेरेको पाइएका करबाही गरिने बताए ।

सम्बन्धित समाचार

AviaMasters : Crash Gaming à Succès Rapide pour le Joueur Moderne
  • २०७८ चैत्र २०, १८: २९

1. L’Excitation Vertigineuse d’AviaMasters AviaMasters est un titre de style crash qui propulse les joueurs dans une arène au ciel...

Methspins Casino: Fast‑Fire Slots for Rapid Wins
  • २०७८ चैत्र २०, १८: २९

In a world where time is gold, Methspins Casino keeps the action tight and the payouts quick. Whether you’re waiting...

NV Online Casino: Schnelle Gewinne & Hoch‑Intensitäts Slots für den Schnell‑Spieler
  • २०७८ चैत्र २०, १८: २९

Einleitung: Ein Schnellfeuer‑Spielerlebnis NV ist die Anlaufstelle für Spieler, die sofortige Action und blitzschnelle Auszahlungen suchen. Wenn Sie die Art...