स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

स्पेन सेमिफाइनलमा, बेल्जियमलाई २–१ ले पराजित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत क्वाटरफाइनलमा स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

रोमाञ्चक प्रतिस्पर्धात्मक खेलमा स्पेनका लागि ३०औँ मिनेटमा फाबियन रुइजले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, बेल्जियमले ४१औँ मिनेटमा चाल्र्स डी केटेलारेको गोलमार्फत खेल १–१ को बराबरीमा ल्यायो।

बराबरीतर्फ उन्मुख खेलको ८८औँ मिनेटमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई २–१ को महत्वपूर्ण जित दिलाए।

यस जितसँगै स्पेन विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ भने बेल्जियमको यात्रा क्वाटरफाइनलमै समाप्त भएको छ।

सम्बन्धित समाचार

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
  • २०८३ असार २७, ०८: ३९

काठमाडौं : नेपालले श्रीलंकामाथि प्रभावशाली जित दर्ता गर्दै जापानको नागोयामा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा स्थान सुरक्षित गरेको...

एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा खोल्यो पदकको खाता, चीनको अग्रता कायमै
एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा खोल्यो पदकको खाता, चीनको अग्रता कायमै
  • २०८३ असार २७, ०८: ३९

काठमाडौँ । जापानको आइची–नागोयामा जारी २०औँ एसियाली खेलकुदमा नेपालले पाँचौँ दिनमा आएर पदकको खाता खोलेको छ। पुरुष कुमिते ८४ केजीमाथिको...

२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
  • २०८३ असार २७, ०८: ३९

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...