एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै – Naya Bikalpa
August 13, 2026, Thursday      Epaper

एसीसी यू–१९ महिला प्रिमियर कप: नेपाल आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दै

KLANG, MALAYSIA – JULY 11 : Pictures from the match between Nepal and Qatar during the ACC Women’s U19 Premier Cup 2026 at Bayuemas Oval on July 11, 2026 in Klang, Selangor, Malaysia. (Photo by Peter Lim/PhotoDesk.com.my) for Asian Cricket Council

काठमाडौं । एसीसी यू–१९ महिला प्रिमियर कप अन्तर्गत नेपालले आज सिङ्गापुरसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियास्थित युकेएम ओभलमा हुने खेल नेपाली समयअनुसार बिहान ७:१५ बजे सुरु हुनेछ।

नेपालले प्रतियोगितामा विजयी सुरुआत गरेको छ। पहिलो खेलमा कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। आजको खेलमा पनि सोही लय कायम राख्ने लक्ष्य नेपाली टोलीको रहनेछ।

नेपाल क्रिकेट संघ (क्यान) ले सोनी पाख्रिनको कप्तानीमा १४ सदस्यीय टोली मलेसिया पठाएको छ। टोलीमा सोनी पाख्रिन (कप्तान), सना प्रवीण, अलिसा कुमारी यादव, सावित्री धामी, मनिषा उपाध्याय, रचना चौधरी, रिया शर्मा, अनु कडायत, तिर्सना विश्वकर्मा, कुश्मा गुरुङ, अन्जी पाठक, मनिषा चौधरी, स्नेहा महरा र करुणा विष्ट रहेका छन्।

नेपालले समूह चरणअन्तर्गत आफ्नो तेस्रो तथा अन्तिम खेल आगामी मंगलबार हङकङसँग खेल्ने तालिका रहेको छ।

सम्बन्धित समाचार

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०८३ असार २८, ०६: ४७

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०८३ असार २८, ०६: ४७

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
नेदरल्यान्ड्ससँग ५७ रनले पराजित नेपाल, लिग–२ सिरिजका चारै खेलमा हार
  • २०८३ असार २८, ०६: ४७

काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा नेपाल नेदरल्यान्ड्ससँग ५७ रनले पराजित भएको छ। यस हारसँगै...