
झापा । झापाको कनकाईमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका कप्तान रुविना क्षेत्रीलाई अभिनन्दन गरिएको छ ।
सामाजिक गतिविधि झापामा क्रियाशील रहेको सुरुङ्गा जेसीजले आफ्नो १२औँ पद हस्तान्तरण तथा उत्कृष्ट नागरिक सम्मान कार्यक्रमका अवसरमा जेसीजसहित स्थानीय एक दर्जन बढी सामाजिक सङ्घसंस्थाबाट क्रिकेटर क्षेत्रीलाई अभिनन्दन गरिएको हो ।
झापा जिल्लालाई कर्मथलो बनाएर खेलकूद विधाको क्रिकेटबाट देशकै नाम चिनाउन सफल भएको भन्दै क्षेत्रीलाई अभिनन्दन गरिएको बताइएको छ ।
नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको कप्तानको जिम्मेवारीमा रहेकी रुविनालाई कनकाईमा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनाल, झापा क्षेत्र नं ४ का निवर्तमान सङ्घीय सांसद एलपी साँवा लिम्बू, प्रदेशसभा सदस्य हीरा थापालगायतले अभिनन्दन गरेका थिए ।
झापाको मेचीनगर–१० निवासी क्षेत्रीले खेल क्षेत्रको माध्यमबाट देश विदेशमा समेत पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सम्मानस्वरूप नौमती बाजासहित अभिनन्दन गरिएको उत्कृष्ट नागरिक छनोट समितिका संयोजक सुरुङ्गा जेसीजका पूर्वअध्यक्ष जीवन तिम्सिनाले बताए ।
छनोट समितिमा तिम्सिनासहित सुरुङ्गा जेसीजका पूर्वअध्यक्षद्वय सरला पोखरेल र भीम भट्टराई सदस्य रहेको समितिले यस वर्षको सुरुङ्गा जेसीजको उत्कृष्ट नागरिकका पमा क्रिकेटर क्षेत्रीलाई अभिनन्दन गर्ने निर्णय गरेको बताइएको छ । सुरुङ्गा जेसीजबाट पाएको यो सम्मानले खेल क्षेत्रमा थप ऊर्जा मिलेको क्रिकेटर क्षेत्रीले बताए ।
काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...
काठमाडौं : नेपालले श्रीलंकामाथि प्रभावशाली जित दर्ता गर्दै जापानको नागोयामा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा स्थान सुरक्षित गरेको...
ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका -३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेको छ सशस्त्र प्रहरी...