‘ए’ डिभिजन लिग असोजको पहिलो साताबाट हुने – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

‘ए’ डिभिजन लिग असोजको पहिलो साताबाट हुने

नयाँ बिकल्प, काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता असोजको पहिलो साताबाट सुरु हुने भएको छ ।

अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले सोमबार लिगको मिति तय गरेको हो ।

‘ए’ डिभिजनका १४ वटा क्लबसँग छलफल गर्दै एन्फाले ‘ए’डिभिजन लिग असोज ३ गतेबाट सुरु गर्ने भएको छ ।


एन्फाले लिगका लागि साउन १५ गतेदेखि खेलाडी दर्ता प्रक्रिया समेत खुला हुने जनाएको छ ।

एन्फाको क्यालेन्डरमा लिग भदौदेखि चैतसम्म सञ्चालन गर्ने उल्लेख छ । यद्यपि एन्फाले प्रतियोगिता सम्पन्न हुने मिति खुलाएको छैन ।

यस सिजनको लिग करिब ६ महिना सञ्चालन गर्ने तयारी एन्फाले गरेको छ । कोरोना महामारीका कारण गत वर्ष ‘ए’ डिभिजन लिग आयोजना हुन सकेन ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ असार १४, २१: ५२

काठमाडौं : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हिमाली र पहाडी भागमा आंशिक बादल लागेको छ । मौसम...

एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
एनपिएलमा आज लिग चरणका अन्तिम दुई खेल हुँदै
  • २०७८ असार १४, २१: ५२

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा आज लिग चरणका अन्तिम दुई खेल हुँदै छन् । आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा...

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान
  • २०७८ असार १४, २१: ५२

काठमाडौँ : मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् ।...