नेपाली खेलकुदको अभिलेख राख्न वेबसाइट सञ्चालन – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

नेपाली खेलकुदको अभिलेख राख्न वेबसाइट सञ्चालन


नयाँ विकल्प,


काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले नेपाली खेलकुदको दस्तावेज राख्नका लागि आज अर्थात मंगलबारदेखि वेबसाइट सञ्चालनमा ल्याएको छ ।

नेपाल ओलम्पिक कमिटीको विशेष सहयोगमा ओलम्पिक सोलिडारिटी अन्तर्गत नेपाल ओलम्पिक सङ्ग्रहालयले नेपाली खेलकुदको विविध विषयलाई दस्तावेज बनाउने उदेश्यले वेबसाइट सञ्चालनमा ल्याएको हो ।

स्पोर्ट्स नेपाल ओराजी नाम रहेको वेबसाइटको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले उद्घाटन गरेका हुन्। कार्यक्रमपछि बोल्दै अध्यक्ष श्रेष्ठले नेपाली खेलकुदको इतिहास लामो भए पनि अभिलेखीकरण कमजोर भएको भन्दै अभिलेखका लागि वेबसाइट सञ्चालन सुरु गरिएको बताए ।

कार्यक्रममा नेपाल ओलम्पिक म्युजियमका अध्यक्ष क्षितिजअरुण श्रेष्ठले वेबसाइटको विविध पक्षबारे जानकारी गराएका थिए ।

सम्बन्धित समाचार

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७८ असार २२, २३: ०७

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७८ असार २२, २३: ०७

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...

डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा
डेम्बेलेको ह्याट्रिकमा फ्रान्स समूह विजेता बन्दै नकआउट चरणमा
  • २०७८ असार २२, २३: ०७

काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’...