
नयाँ विकल्प,
काठमाडौं – ‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता खेल्न नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने बेलायत जाँदै छन् । सो प्रतियोगिता खेल्न उनी विहिबार राति टर्किस एयरबाट त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।
बेलायत पुगेपछि लामिछानेले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने उनका व्यवस्थापक रमन सिवाकोटीले जानकारी दिए । सो अवधिमा दुई पटकका पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्र लामिछानेले सो प्रतियोगितामा खेल्न पाउनेछन् ।
‘द हन्ड्रेड’ क्रिकेट प्रतियोगिता उनले ओभलबाट खेल्नेछन् । ‘द हन्ड्रेड’ प्रतियोगिता आगामी साउन ७ गतेदेखि शुरु हुँदैछ । लामिछाने सम्मिलित टोली ओभलले उद्घाटन खेल म्यानचेस्टर आर्जिनल्ससँग खेल्नेछ ।
सो प्रतियोगिता बेलायत र वेल्स क्रिकेटको आयोजनामा पहिलो पटक हुन लागेको हो । गत वर्ष हुने भनिएको सो प्रतियोगिता कोरोना भाइरसको महामारीका कारण स्थगन भएको थियो । द हन्ड्रेड क्रिकेट प्रतियोगिताका लागि २० वर्षीय लामिछाने एक लाख पाउण्डमा अनुबन्धित भएका हुन् ।
काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...
काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...
काठमाडौँ, १३ असारः उसमान डेम्बेलेको शानदार ह्याट्रिकको मद्दतमा फ्रान्सले नर्वेलाई ४–१ गोलअन्तरले पराजित गर्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘आई’...