
नयाँ विकल्प,
काठमाडौं – युरो कप फुटबलको दोस्रो सेमिफाइनलमा डेनमार्कका गोलकिपरलाई समर्थकले लेजर लाइट देखाएको विषयमा युरोपियन फुटबल महासङ्घ (यूईएफए) ले इङ्ल्यान्ड फुटबल एसोसिएशनलाई ३० हजार युरो जरिबाना गरेको छ ।
वेम्बली स्टेडियममा गएको बुधवार रातिको खेलका क्रममा इङ्ल्यान्डका ह्यारी केनले पेनाल्टी प्रहार गर्नुअघि डेनमार्कका गोलकिपर कास्पर इस्माइकलको अनुहारमा पर्ने गरी दर्शकबाट लेजल लाइट बालिएको थियो ।
कास्परले केनले प्रहार गरेको पेनाल्टी रोके पनि रिबाउन्डमा केनले गोल गर्दै इङ्ल्यान्डलाई दुई–एकले जिताएका थिए । त्यही घटनालाई लिएर यूईएफएले छानबिन सुरु गरेको थियो ।
छानबिनमा खेलका क्रममा समर्थकले खेल भावना विपरीत कार्य गरेको पाइएपछि यूईएफएले जरिबाना गरेको हो ।
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...
मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...