बेलायतमा १९ औं गोर्खा कप हुँदै – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

बेलायतमा १९ औं गोर्खा कप हुँदै


नयाँ विकल्प,

बेलायत – १९ औं गोर्खा कप यहि जुलाई २४ तारिखदेखि हुने भएको छ । कोभिड महामारीका कारण गत वर्ष रोकिएको गोर्खा कप यसपटक १९ औं संस्करण अल्डरसटस्थित क्वीन्स् एभिन्यू मैदानमा हुँदैछ ।

कार्यक्रमको तयारी पूरा भैसकेको आयोजक तमुधिं यूकेले जनाएको छ । निकै खर्चिलो मानिने उक्त इभेन्टमा ३५ हजार पाउण्ड अर्थात ५७ लाखभन्दा बढी खर्च हुने आयोजकले जनाएको छ ।

यसपटकको गोर्खा कपमा मेनतर्फ ३२ र भेट्रान्स क्याटेगोरीमा १० गरि कुल ४२ टिम सहभागी हुने भएका छन् ।

प्रतियोगितामा मेन क्याटगोरीको प्रथम विजेतालाई २५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट, दोश्रो विजेतालाई १५०० पाउण्ड, ट्रफी र सर्टिफिकेट तथा भेट्रान्सको पहिलो बिजेताले १२०० पाउन्ड र सेकेन्ड हुने टिमले ८०० पाउण्ड पुरस्कार पाउनेछन् ।

‘म्यान अफ द म्याच’ अनि ‘म्यान अफ दि म्यानेजर’ लाई पनि ट्रफी दिइने आयोजक तमुधिं यूकेले जनाएको छ ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ श्रावण ४, २०: २३

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ श्रावण ४, २०: २३

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...

कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
कांग्रेसलाई एकताबद्ध बनाउन ट्रेड युनियनकर्मीहरुद्वारा आग्रह
  • २०७८ श्रावण ४, २०: २३

मुलुक लोकतन्त्र र संविधानको संरक्षण र सम्बर्धन गर्नुपर्ने गम्भीर मोडमा उभिएको अवस्थामा नेपाली कांग्रेस भित्र झांगिदै गएको गुटगत तिक्तता, विशेष...