महिला फुटबल टोलीको बन्द प्रशिक्षण शुरु – Naya Bikalpa
October 17, 2026, Saturday      Epaper

महिला फुटबल टोलीको बन्द प्रशिक्षण शुरु


नयाँ विकल्प,

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीको बन्द प्रशिक्षण सोमबारदेखि शुरु भएको छ । एएफसी महिला एसियन कप २०२२ छनोटको तयारीका लागि प्रशिक्षण प्रारम्भ गरेको अखिल नेपाल फुटबल सङ्घ ‘एन्फा’ का प्रवक्ता किरण राईले जानकारी दिए ।

बन्द प्रशिक्षणका लागि ४५ खेलाडीलाई बोलाइएको छ । बन्द प्रशिक्षणका लागि बोलाइएका खेलाडीमा अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, सावित्री किशन, सपना राई, रेनुका नगरकोटी, सरु लिम्बु, अनिता बस्नेत र अनिता केसी रहेका छन् ।

यस्तै गीता राना, अन्जली योन्जन, प्रिती राई, निशा थोकर, सिर्जना चेमजोङ, हिरा भुजेल, रविना गोले, सुष्मा तामाङ, पुनम जर्गा मगर, कविता धिमाल, सुनिता चौधरी, विमला विक, दिपा राई, सपना लामा, रश्मी घिसिङ, शर्मिला थापा र इन्द्रा राई बन्द प्रशिक्षणका लागि छनोट भएका छन् ।

यसैगरी विमला चौधरी, अमृता जैशी, घिमकुमारी गुरुङ, सिर्जना खड्का, निर्मला विक, मनिषा राउत, पुजा राना, निर्मला उपाध्याय, रेखा पौडेल, दिपा न्यौपाने, सिवानी कुश्वर, सरस्वती हमाल, अमिशा कार्की, कुशुम खतिवडा, सिर्जना सिंह, सविता राणा, रजनी थोकर, सलोनी राना मगर र चुम्लुङमा राईलाई बन्द प्रशिक्षणका लागि छनोट गरिएको एन्फाले जनाएको छ ।

छनोट प्रतियोगितामा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ रहेका छन् । उक्त समूहको छनोट खेल नेपालमा हुने एन्फाले जनाएको छ ।

एएफसीले छनोटका लागि भदौ २८ देखि असोज ९ गतेको समय तय गरेको छ । समूहको शीर्ष टोलीले अगामी वर्ष भारतमा हुने एसियन कपमा प्रतिस्पर्धा गर्ने छ ।

सम्बन्धित समाचार

कस्तो रहला आजको मौसम ?
कस्तो रहला आजको मौसम ?
  • २०७८ श्रावण ४, २०: ३८

काठमाडौं : देशका केही हिमाली तथा पहाडी क्षेत्रमा आज मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।...

नेपालले क्यानडासँग खेल्दै
नेपालले क्यानडासँग खेल्दै
  • २०७८ श्रावण ४, २०: ३८

काठमाडौं : ओमानमा जारी आईसीसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्यानडासँग प्रतिस्पर्धा गर्दै छ । अल अमरात क्रिकेट...

गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
गोरखा, बाग्लुङ र धादिङका बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा, सरकारका अन्य निर्णय के-के ?
  • २०७८ श्रावण ४, २०: ३८

काठमाडौं : सरकारले बुढीगण्डकी बाढीमा आएको बाढीबाट प्रभावित गोरखा जिल्लाको चुम नुब्री गाउँपालिका, धार्चे गाउँपालिका र आरुघाट गाउँपालिका तथा धादिङ...