
नयाँ विकल्प,
काठमाडौं – सन् २०३२ को ओलम्पिक र पारालम्पिक गेम अस्ट्रेलियाको ब्रिसबेन सहरमा हुने भएको छ ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी आईओसीले स्वीकृत गरेपछि अस्ट्रेलियाको सहरले सन् २०३२ को ओलम्पिक आयोजना गर्ने भएको हो ।
टोकियोमा बुधवार बसेको आईओसी बैठकले ब्रिसबेनलाई सन् २०३२ को ओलम्पिक आयोजना गर्ने सहरका रूपमा छनोट गरेको हो ।
योसँगै अस्ट्रेलिया तेस्रो पटक ओलम्पिकको आयोजक बन्ने भएको छ । यसअघि सन् १९५८ मा मेलबर्न र सन् २००० को ओलम्पिक सिड्नीमा आयोजना भएको थियो ।
सन् २०२४ को ओलम्पिक फ्रान्सको पेरिस र सन् २०२८ को ओलम्पिक अमेरिकाको लस एनजल्समा आयोजना हुने यसअघि नै तय भइसकेको छ ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...