
नयाँ विकल्प,
काठमाडौं – भारतीय पुरुष हकी टिम टोकियो ओलम्पिकमा अस्ट्रेलिया टिमसँग सात एकले पराजित भएको छ ।
अस्ट्रेलिया टिमले उत्कृष्ट प्रदर्शन गर्दै भारतलाई टोक्यो ओलम्पिकको दोस्रो पुल म्याचमा हराएको हो ।
दुवै टिमले आफ्नो सुरुवाती खेल जितेका थिए र ओई हकी स्टेडियममा भएको खेलमा समूहमा आफ्नो स्थिति बलियो बनाउन चाहिरहेका थिए ।
आइतवारको प्रतियोगितामा भारतीय डिफेन्सले निकै निराशाजनक प्रदर्शन गर्यो । भारतीय टिमको तर्फबाट दिलप्रीत सिंहले मात्र एक गोल गरे ।
भारतीय टिमले यो ओलम्पिकमा अहिलेसम्म दुई खेल खेलेको छ । जसमा एक खेल जितेको छ भने दोस्रोमा हारेको छ ।
पहिलो खेलमा भारतीय टिमले न्युजिल्यान्डलाई तीन दुईले हराएको थियो । अस्ट्रेलिया टिमले आफ्नो पहिलो खेलमा जापानलाई पाँच तीनले हराएको थियो ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...