तेस्रो संस्करणको नेपाल बास्केटबल लिग जेष्ठमा हुने – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper

तेस्रो संस्करणको नेपाल बास्केटबल लिग जेष्ठमा हुने

काठमाडाैं । तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) जेष्ठमा हुने भएको छ । नेपाल बास्केटबल लिग प्राइभेट लिमिटेडको आयोजनामा पुरुष तर्फको लिग जेठ ७ देखि सुरु हुने भएको हो ।

तेस्रो संस्करणको नेपाल बास्केटबल लिग (एनबिएल) महिला तर्फ भने जेठ १८ बाट सुरु हुने आयोजकले जनाएको छ । लिगमा प्लेअफका खेलहरु असार ३२ बाट सुरु हुने र फाइनल साउन ७ मा खेलाईने बताइएको छ ।

दुई महिनासम्म संचालन हुने एनबिएल नेपालकै ठुलो बास्केटबल लिग हो । लिग राउण्ड रोबिनको आधारमा होम एण्ड अवे गरेर खेलिने छ । शीर्ष चार टिमले प्लेअफमा स्थान बनाउने बताइएको छ । प्रतियोगीतामा पुरुष तर्फ ५६ र महिलातर्फ २० लिग खेलहरु हुने छन् । लिगमा पुरुषतर्फ ६ टिमको सहभागिता रहने छ । टाइम्स इन्टरनेसनल क्लब, त्रिभुवन आर्मी क्लब, गोल्डेन गेट इन्टरनेसनल क्लब. रोयल बास्केटबल क्लब, बुढानिलकण्ठ नगरपालिका बास्केटबल क्लब र कीर्तिपुर बास्केटबल क्लबको सहभागिता हुने छ ।

त्यसैगरी महिला तर्फ नेपाल पुलिस क्लब, ललितपुर हाइ क्लब, रोयल बास्केटबल क्लब, आइएसएस नेपालको सहभागिता पक्का भएको छ भने एक टिमको निश्चित हुन बाँकी रहेको आयोजकले जानकारी गरेको छ ।

एनबिएल पुरुषको विजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् भने महिलाको विजेताले १ लाख पाउने छन् । पुरुष तर्फ दोस्रो हुने टिमले १ लाख र महिला तर्फ दोस्रो हुनेले ५० हजार पाउने आयोजकको भनाई छ ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७८ चैत्र २७, १५: ४७

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७८ चैत्र २७, १५: ४७

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७८ चैत्र २७, १५: ४७

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...