काठमाडौं । चलचित्र मन त परदेशी आगामी १४ पुषबाट देशव्यापी प्रदर्शनमा आउने भएको छ । पछिल्लो समय बैदेशिक रोजगारमा गएका नेपालीले खाडी मुलुकमा भोग्नु परेको समस्यामाथि विभिन्न चलचित्र निर्माणपछि प्रदर्शन भईसकेका छन् । यस्तै कथा सहित नयाँ चलचित्र ‘मन त परदेशी’ निर्माण गरिएको हो ।
निर्माता दुर्गा बहादुर खड्काले बुधबार राजधानीमा पत्रकार भेटघाट आयोजना गर्दै आफ्नो चलचित्र आगामी १४ पुषबाट नेपालका विभिन्न सिनेमा घरमा रिलिज हुने जानकारी गराए । यो चलचित्रलाई देव नेपालले निर्देशन गरेका हुन् । तर उनी पत्रकार सम्मेलनमा आएनन् ।
निर्माता खड्काले कार्यक्रममा भने,‘म डेढ दशक देखि कतारमा रोजगारी र व्यबसाय गर्दै आएकाले त्यहाँ नेपालीले भोग्ने समस्यालाई नजिकबाट नियालेको छु । रोजगारीको लागी अरबीमुलुकपुग्दै गर्दा नेपालीयुवाहरुले झेल्न पर्ने र झेल्दै आएका पीडाहरुलाई हामीले यो चलचित्रमा उठाएका हौं ।’
पत्रकार भेटघाटका क्रममा सो चलचित्रका नायक दिपेशराज पाण्डेले म त परेदेशीले सन्देशसँगै दर्शकलाई मनोरंजन पनि दिने बताए । अभिनेत्री समिताले बैदेशिक रोजगारमा गएका नेपाली चेलीको समस्या बारे जानकारी गराईन् । त्यहाँ कार्यरत नेपाली कामदारकी प्रेमिकाको भूमिकामा आफु रहेको उनले खुलासा गरिन् ।
यो चलचित्रमा फिल्ममा किशोर खतिवडा, दिपेशराज पाण्डे, समिता गिरी, विक्रम क्षत्री, रेनु शर्मा, रमिला आचार्य, राम बुढाथोकी लगायतको अभिनय रहेको छ । नेपाली कामदारको समस्यालाई बास्तविक रुपमा उतार्न नेपाल सहित चलचित्रको छायाँकन कतारमा समेत गरिएको पनि उनले बताए । जसमा अर्का निर्माता भुवन शर्मा कंडेल रहेका छन् ।
काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...
काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...
काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...