प्रदेश १ मा सरजमिन प्रदर्शन – Naya Bikalpa
October 8, 2026, Thursday      Epaper

प्रदेश १ मा सरजमिन प्रदर्शन

Courtesy: Santosh Bhattarai

काठमाडौं । काठमाडौंमा कुनै पनि नाटक सफल भएपछि त्यसलाई मोफसलमा पनि प्रदर्शन गर्ने क्रम बढेको छ । यसै क्रममा लेटस इन्टरटेनमेन्टको आयोजनामा मण्डला थिएटरले २४ पुसबाट प्रदेश–१ को बिभिन्न आठ सहरहरूमा नाटक ‘सरजमिन’ प्रदर्शन गर्ने भएको छ । यो नाटक मण्डला थिएटरले मञ्चन गर्दा काठमाडौंमा सफल भएको थियो । एउटा सामान्य ब्याक्ती समाजको परिवन्धमा परेर भोग्नुपरेको समस्यालाई उजागर गर्दै त्यस्तो परिवन्धको बिषयमा जानकारी गराउदै सचेतना जगाउन यो नाटकले समुदायमा ठुलो भुमिका निर्वाह गर्ने आयोजकको भनाइ छ ।
मण्डला थिएटर नेपालले इटहरी सहित मोरङको बिराटनगर, बेलबारी, रमाइलो, लेटाङ, झोराहट, इलामको चुलाचुली र झापाको धुलाबारीमा यो नाटक प्रदर्शन गर्न लागेको हो । दोश्रो पूर्वाञ्चल नाट्य यात्रा २०७४ अन्तरर्गत मञ्चन गर्न लागिएको पनि उनीहरुलेब ताएका छन् । प्रवीण खतिवडाको निर्देशनमा तयार भएको यो नाटकमा बुद्धि तामाङ, बिजय बराल, बिकास जोशी, उमेस तामाङ, सोमनाथ खनाल, रञ्जना ओली, बिनिता गुरूङ, संयोग गुरागाई, रोहित पौडेल, सिजन दहाल, इँगिहोपो कोइँच सुनुवार लगायतको अभिनय रहेको छ ।

सम्बन्धित समाचार

बलिउड अभिनेता नाना पाटेकरको निधन
बलिउड अभिनेता नाना पाटेकरको निधन
  • २०७४ पुष १०, ०८: ५८

काठमाडौं : हिन्दी तथा मराठी चलचित्रका चर्चित अभिनेता नाना पाटेकरको बिहीबार बिहान हृदयाघातपछि निधन भएको मणिपाल अस्पतालका चिकित्सकले बताएका छन्...

नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
नेपालयको ‘आर’शालामा गीतकार नीर शाहको ‘पलेँटी’ सम्पन्न
  • २०७४ पुष १०, ०८: ५८

काठमाडौं । नेपालयको ‘आर’शालामा गीतकार तथा सर्जक नीर शाहको ‘पलेँटी’ कार्यक्रम सम्पन्न भएको छ । झण्डै २२ वर्षअघि सुरु भएको...

‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक
  • २०७४ पुष १०, ०८: ५८

काठमाडौं । नेपाली चलचित्र ‘झिंगे दाउ २’को नयाँ गीत ‘हे मायाँ नजिकै सर’ सार्वजनिक भएको छ । दशैँलाई लक्षित गर्दै...