चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुलको शिलान्यास – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

चन्द्रागिरीमा ३५ करोड लगानीमा एसभीएएन स्कुलको शिलान्यास

काठमाडौँ |  समृद्ध पूर्वीय जीवनदर्शन र आधुनिक २१औं शताब्दीका सीप समेट्ने उद्देश्यका साथ चन्द्रागिरी नगरपालिका वडा नम्बर ७, महांकाल ब्याडमिन्टनस्थित एसभीएएन स्कुलको औपचारिक शिलान्यास गरिएको छ ।

नगरप्रमुख घनश्याम गिरीको प्रमुख आतिथ्यमा सम्पन्न शिलान्यास कार्यक्रममा शिक्षा, समाजसेवा र सामुदायिक क्षेत्रका विभिन्न विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति थियो ।

कार्यक्रममा राष्ट्रिय निजी तथा आवासीय विद्यालय संघ नेपाल (एनप्याब्सन) की अध्यक्ष गीता क्षेत्री राणा, स्यान कलेजका अध्यक्ष डा. सुभाष घिमिरे, आईएनजी ग्रुपका अध्यक्ष सुलभ बुढाथोकी, महांकाल सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निराजन महत, महांकाल ब्याडमिन्टन हलका अध्यक्ष श्रीहरि थापा, साथै समाजसेवी सूर्य अधिकारी, परशमणि दाहाल र कुमार भट्टराईलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा स्कुलका कार्यकारी निर्देशक कर्णबहादुर शाहीले विद्यालयको विशेषता र भविष्यका योजनाहरू सार्वजनिक गर्दै, यस शैक्षिक परियोजना नेपाली शिक्षा क्षेत्रमा परिवर्तनको संकेत भएको बताए ।

शान्त, हरियाली र प्रदूषणरहित वातावरणमा निर्माण हुने यस विद्यालयले विद्यार्थीहरूको नैतिक, बौद्धिक र सिर्जनात्मक विकासमा विशेष ध्यान दिने  शाहीले बताए।

उनका अनुसार, विद्यालयको मुख्य भवन विद्यालयकै आफ्नै १० रोपनी जग्गामा निर्माण हुनेछ, जसको संरचना करिब ७४ हजार वर्गफिटमा फैलिनेछ भने विद्यालय करिब ३०० रोपनी क्षेत्रफलमा विस्तार हुनेछ, जसमा खेल मैदान, विज्ञान प्रयोगशाला, पुस्तकालय, सिर्जनात्मक कला केन्द्र र अत्याधुनिक डिजिटल कक्षा कोठाहरू समावेश हुनेछन् ।

शाहीका अनुसार विद्यालयको प्रारम्भिक योजना अन्तर्गत एक वर्षभित्रै कक्षा १ देखि १० सम्मको पठनपाठन सञ्चालन गरिनेछ। आगामी चरणमा कक्षा ११ र १२ मा अन्तर्राष्ट्रियस्तरका पाठ्यक्रमहरू(जस्तै ए–लेभल, इन्टरनेसनल ब्याकलरिएट (आईबी) र फिनिस पाठ्यक्रम (समावेश गरेर विद्यार्थीहरूलाई उच्च गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रदान गर्ने योजना रहेको छ ।

उनले भने, ‘विद्यार्थीहरूलाई ज्ञान मात्र होइन, जीवन उपयोगी सीप, नेतृत्व क्षमता र नवप्रवर्तनमा आधारित शिक्षाबाट सक्षम बनाउने हाम्रो लक्ष्य हो ।’

कार्यक्रममा सहभागी विशिष्ट अतिथिहरूले एसभीएएन स्कुलले भविष्यमा नेपाली शिक्षा प्रणालीमा नवीनतम उदाहरण प्रस्तुत गर्ने विश्वास व्यक्त गर्दै सफलताको शुभकामना दिएका थिए ।

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०८२ जेष्ठ २१, १७: ३०

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०८२ जेष्ठ २१, १७: ३०

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

धनुषामा श्रीमान्–श्रीमती मृत फेला
धनुषामा श्रीमान्–श्रीमती मृत फेला
  • २०८२ जेष्ठ २१, १७: ३०

जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...