
नयाँ विकल्प,
मकवानपुर- बिहीबार बिहानदेखि परिरहेको अविरल वर्षाका कारण भीमफेदी–कुलेखानी सडकखण्ड अवरुद्ध बनेको छ। वर्षाका कारण सडकखण्डको भीमफेदी–६ देउरालीमा पहिरो गएको हो।
पहिरोका कारण सडकखण्ड अवरुद्ध बनेको मकवानपुर प्रहरीले जनाएको छ। मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालकाअनुसार सडकमा खसेको पहिरो हटाउने कार्य भइरहेको छ।
निरन्तर परेको पानीका कारण बिहीबार हिजो पनि मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–२ सल्लेमा पहिरो गएको थियो। सडकको माथिबाट लेदो माटोसहितको पहिरो गएपछि कुलेखानी–फाखेल–हुमाने सडकखण्डमा यातायात अवरुद्ध भएको थियो।
बिहीबार साँझ पहिरो पन्छाएर यातायात सुचारु भए पनि अहिले भीमेफेदी सडक खण्डमा पहिरो गएकाले हेटौंडा–काठमाडौं आवत जावतमा फेरि समस्या भएको छ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...