सम्झौताविपरीत काम गरेकाे भन्दै सालासुङी जलविद्युत आयोजनाकाे काम ठप्प – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

सम्झौताविपरीत काम गरेकाे भन्दै सालासुङी जलविद्युत आयोजनाकाे काम ठप्प

रसुवा । निर्माणाधीन ७८ मेगावाट क्षमताको सालासुङगी जलविद्युत आयोजनाले क्षति पुर्‍‍याएको भन्दै स्थानीयले आयोजनाको काम ठप्प पारेका छन् ।

आमाछोदिङमो गाउँपालिका–५ मा निर्माणाधिन उत्त जलविद्युत आयोजनाले वातावरणीय प्रभाव मूल्यांकनको आधारमा काम नगरेको भन्दै काम ठप्प पारेका हुन ।

सालासुङगी वाटर प्रालि र गाउँपालिकाको ५ वडा कार्यालयबीच २० असामा सम्झौता भएको हो तर, सम्झौताविपरीत आयोजना स्थलमार्ग निर्माणका क्रममा वनजंगल विनास गरेको, १० वटा खर्कमा क्षति पुर्‍याएको स्थानीयले बताएका छन् ।

सडक निर्माणका कारण ठूला ढुंगाले पशु हिँड्ने बाटो नभएको र घाँस पाउने खर्क मासिँदा २७ चौँरी तथा भेडा पालक किसान समस्यामा परेको सोनामनुर्पु तामाङले बताए । माग सम्बोधन नभएपछि स्थानीयले काममा अवरोध गरेको आमाछोदिङमो गाउँपालिका–५ का वडाध्यक्ष टासी छेवाङ तामाङले बताए ।

संझौता अनुसार काम नभएको उनको भनाइ छ । आयोजनाभन्दा ५ सय मिटरमाथि यो आयोजनाको विद्युतगृह निर्माण भइरहेको छ । नेपाली साझेदार सालासुङगी पावरको ८ र चिनियाँ लगानीकर्ता चाइना हार्वड इन्जिनियरिङ कम्पनीको ९२ प्रतिशत लगानी छ ।

केही व्यक्तिले निहीत स्वार्थ पूरा गर्न आयोजनाको काममा अवरोध गरेको सालासुङ्गी पावर प्रालिका विष्णुराज अधिकारीले बताएका छन् ।

सम्बन्धित समाचार

एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको आह्वान
एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको आह्वान
  • २०७८ चैत्र ९, ११: २८

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । घटनानको दुई दिनपछि प्रधानमन्त्री शाहले सामाजिक...

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७८ चैत्र ९, ११: २८

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७८ चैत्र ९, ११: २८

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...