आगामी बैशाख २२ मा महासंघको प्रादेशिक निर्वाचन – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

आगामी बैशाख २२ मा महासंघको प्रादेशिक निर्वाचन

नेपाल पत्रकार महासंघले आगामी २०७५ बैशाख २२ गते महासंघको सबै प्रदेशमा प्रादेशिक निर्वाचन गर्ने भएको छ । २०७४ फागुन २१ र २२ गते जनकपुरमा सम्पन्न केन्द्रीय समितिको बैठकले प्रदेशहरुमा बैशाखमा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

महासंघको विधानमा भौगोलिक हिसाबले ७ वटा प्रदेश समिति ३ नम्बर प्रदेशअन्तर्गतका काठमाडौं, ललितपुर, भक्तपुर जिल्लालाई एक, प्रतिष्ठान शाखालाई एक र एशोसिएट (संस्थागत) लाई एक प्रदेश मानेर १० प्रदेशको व्यवस्था गरिएको छ । महासंघले प्रदेश निर्वाचन सफल पार्न आ –आफ्नो तहबाट सहयोग पु¥याउन सबैमा अनुरोध गरेको छ ।

महासंघले प्रदेश निर्वाचनलाई ध्यानमा राखी आगामी चैत्र मसान्तसम्म साधारण सदस्यता नविकरण गर्न सबै सदस्यहरुलाई आह्वान गरेको थियो । महासंघका महासचिव रमेश विष्टले सबै शाखालाई सदस्यता नवीकरणको प्रक्रिया तदारुकताका साथ अगाडि बढाउनका लागि परिपत्र समेत गरिएको जनाएको छ ।

प्रदेश निर्वाचन सम्पन्न गर्न महासंघले निर्वाचन समिति गठन गरेको छ । जसअनुसार वरिष्ठ पत्रकार बबिता बस्नेतको संयोजकत्वमा गठित समितिमा महासंघका पूर्वउपाध्यक्ष अनिता बिन्दु, पूर्व सचिव धमेन्द्र कर्ण, पूर्व केन्द्रीय सदस्य बालकृष्ण बस्नेत र अधिवक्ता कपिल रहेको केन्द्रीय निर्वाचन निर्वाचित समिति बनाएको छ । जनकपुरमा भएको बैठकले लोकतन्त्र, मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मौलिक हकप्रति पूर्ण प्रतिबद्धता व्यक्त गर्दै श्रमजीवी पत्रकारको हकहितको पक्षमा रहेर अघि बढ्न घोषणा पत्र समेत जारी गरेको छ ।

१. जसअनुुसार श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयनमा सरकारी उदासिनताप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई तत्काल कार्यान्वयनका लागि सशक्त आन्दोलनका कार्यक्रमसहित चार महिने कार्ययोजना तय गरिएको छ । साथै, नेपाल पत्रकार महासंघको सुझाव र न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिस बमोजिम पत्रकारहरुको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न नेपाल सरकारसँग यो बैठक माग गर्दछ ।
२. बैशाख २२ गते नेपाल पत्रकार महासंघको सबै प्रदेशमा प्रादेशिक निर्वाचन सम्पन्न गर्ने निर्णय गरिएको छ । प्रदेश निर्वाचन सफल पार्न आ–आ–फ्नो तहबाट सहयोग पु¥याउन महासंघले सबैमा आग्रह समेत गरेको छ ।
३. महासंघको पहलमा पत्रकारको दुर्घटना विमा सञ्चालन भइरहेको छ । स्वास्थ्य वीमाको थप योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै यसलाई थप प्रभावकारी बनाउन सहयोग गर्न यो बैठकले आग्रह गरेको छ ।
४. महासंघले यस अघिको बैठकबाट सुरुआत गरेको सदस्यता शुद्धीकरणको अभियानलाई प्रभावकारी रुपमा अघि बढाउने निर्णय समेत भएको छ साथै बैठकले पत्रकारको पेशागत सुरक्षा, सम्पादकीय स्वतन्त्रता र पत्रकार आचारसंहिताको पालनामा पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ ।
५. आमसञ्चारसम्बन्धी छाता ऐन निर्माण गर्ने सन्दर्भमा महासंघले मस्यौदा तय गरी सरोकारवालासँग छलफलमार्फत सरकारलाई पेश गर्ने निर्णय गरेको छ । सञ्चारमाध्यमले मिडिया गाइडलाईन तय गरी अघि बढ्न आवश्यक रहेकाले श्रमजीवी पत्रकार ऐनको भावना र मर्मलाई आत्मसात गर्नेगरी कार्यान्वयन हुने दिशामा महासंघ सहजीकरण गर्ने तयारी भएको छ ।
६. महासंघले लोकतन्त्र, न्याय र स्वतन्त्रताका लागि आजीवन संघर्ष गरिरहेका जेष्ठ पत्रकारहरुको सम्मान आरम्भ गरिसकेको छ । प्रेस स्वतन्त्रता सेनानी तथा जेष्ठ पत्रकारहरुको सम्मानका लागि सरकारसमक्ष कार्ययोजना प्रस्तुत गर्ने निर्णय गरेको छ ।
७. आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठनको प्रक्रिया रोकिएकोप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै केन्द्र तथा सबै प्रदेशमा प्रतिष्ठान स्थापनाको प्रक्रिया अगाडि बढाउन सरकार समक्ष यो बैठक माग गरेको छ ।
८. ‘आफैं श्रमजीवी, आफैं सञ्चालक’ रहेका साना लगानीका सञ्चारमाध्यमलाई बचाउन समानुपातिक विज्ञापन वितरणलगायत सञ्चार सामग्रीमा कर छुटसँगै बृत्ति विकास तथा तालिम सञ्चालनका लागि ‘साना लगानी मिडिया विकास कोष’ स्थापना गर्न सरकारसँग बैठकले माग गरेको छ ।
९. प्रेस स्वतन्त्रता विरोधी अनलाइन निर्देशिका फिर्ता लिन माग गरेको छ । साथै, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान र प्रत्याभूतिको प्रभावकारी व्यवस्था गर्न राज्यका सबै निकायमा बैठक आग्रह गरेको छ ।
१०. प्रादेशिक संरचनाको अनुभूति हुने किसिमले राज्यका हरेक निकायमा सम्मान, पुरस्कार र अवसरलाई समावेशी र समानुपातिक किसिमले प्रदान गर्न बैठक माग गरेको छ ।
११. विभिन्न सञ्चारमाध्यममा लामो समयदेखि कार्यरत स्टीङगर पत्रकारलाई प्रक्रिया पु¥याएर चाँडो स्थायी गर्नका लागि महासंघ सम्बन्धित सञ्चारमाध्यमको ध्यानाकर्षण समेत गराएको छ ।
१२. धुलिखेको बैठकको निर्णय अनुरुप महासंघलाई ट्रेड युनियन संस्थाको रुपमा विकास गर्नका लागि प्रतिष्ठान शाखालाई ट्रेड युनियनमा दर्ता प्रक्रिया अगाडि बढाइने भएको छ ।
१३. प्रेस काउन्सिलबाट हुने पत्रपत्रिका वर्गीकरणमा कसैमाथि विभेद तथा पूर्वाग्राही नहुने गरी प्रक्रियासम्मत ढंगले गर्न गराउन महासंघले जोडदार माग गरेको छ ।
१४. तराई मधेशमा आएको बाढीबाट प्रभावित पत्रकारका लागि राहतको तत्काल व्यवस्था गर्न लागि सरकारसँग जोडदार माग गरेको छ । साथै, यस विषयमा सरकारलाई दबाबका लागि महासंघले पहलकदमी लिने निर्ण गरेको छ ।
१५. महासंघको केन्द्रमा तत्कालै तथा जिल्ला शाखा र प्रदेशहरुमा क्रमशः इल्याब्रेरीको स्थापना गर्ने निर्णय गरेको छ ।
१६. ऐतिहासिक, धार्मिक, साँस्कृतिक धरोहरको रुपमा रहेको राजर्षि जनकको पवित्रभूमि जनकपुरधाममा रहेको जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गराउनुका साथै यहाँका विभिन्न ऐतिहासिक सम्पदाको विकास तथा प्रवद्र्धनका लागि समाचार सामग्री प्रकाशन, प्रकाशनको प्राथमिकतामा राख्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
१७. जनकपुरधाम क्षेत्रको पर्यटन प्रबद्र्धन र विकासका लागि जनकपुर–अयोध्या सर्किट निर्माण गर्नुका साथै आवश्यक भौतिक संरचनाको निर्माणमा सरकारको ध्यानाकर्षण गराएको छ ।
१८. महासंघ केन्द्रीय समितिको बैठक सम्पन्न गर्न आतिथ्यता प्रदान गर्ने धनुषा शाखालाई सहयोग गर्नुहुने जनकपुरधानमका नागरिक समाज, उद्योगी व्यवसायी, सञ्चारकर्मी, बुद्धीजीवी, राजनीतिक दल, सरकारी तथा गैरसरकारी निकाय र संस्थाहरुप्रति महासंघले आभार व्यक्त गरेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताए ।

सम्बन्धित समाचार

लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
  • २०७५ बैशाख १०, ०९: ०२

काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...

तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
  • २०७५ बैशाख १०, ०९: ०२

काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...

कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
  • २०७५ बैशाख १०, ०९: ०२

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...