
काठमाडौं । लायन्स क्लब अन्र्तराष्ट्रिय डिष्ट्रिक ३२५५ ए २ अन्र्तगत रहेका २२ वटा क्लबहरुले बसन्तपुरमा वृहत्त मधुमेह चेकजाँच र रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
वृहत्त मधुमेह चेकजाँच र रक्तदान कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य रहेका थिए । शाक्यले कार्यक्रलाई सम्बोधन गर्दै रक्तदान गर्ने संघ संस्थाहरुलाई प्रतिव्यक्ति ५ सय अनुदान सहयोग गर्ने महानगरले नीति बनाएकोले कुनै संघसंस्थाले रक्तदान कार्यक्रमको लागि महानगरपालिकाको सहकार्यमा रक्तदान कार्यक्रम गरेमा प्रतिव्यक्ति ५ सय अनुदान सहयोग गर्ने बताए ।

उनले रक्तदाता र आयोजक संस्थाहरुलाई धन्यवाद दिर्दै पिसिआर भन्दा कोरोना विरुद्ध भ्याक्सीन अहिलेको आवश्यकता रहेको बताए । काठमाडौं महानगरपालिकाले प्रायः सबै वार्ड कार्यालयको समन्वयमा काठमाडौं बासीहरुका लागि भ्याक्सीन लगाउने काम भइरहेको जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा लायन्स क्लव अन्तर्राष्ट्रिय ३२५ ए २ का डिष्ट्रिक गर्भनर लायन्स केशव पाण्डेले विश्वका २ सय १४ भन्दा बढी राष्ट्रमा शाखा भएको लायन्स क्लवले नेपालमा सुगर रोगी, बातारवण सम्बन्धी, बालबच्चाको क्यान्सर सम्बन्धी रोग र हङ्गररिलिफ लगायत ५ क्षेत्रमा लायन्स अन्र्तराष्ट्रियको सिग्नीचर प्रोग्राम काम गरिरहेको बताउदै एक क्लव एक आधारभुत विद्यालयका विद्यार्थीहरुका लागि प्रभावकारी काम गर्ने योजना प्राथमिकताका साथ अगाडि बढी रहेको बताए ।
३२५ ए २ का पूर्वगर्भनर विजु बज्राचार्यको संयोजनमा रक्तदान तथा प्रेसर र सुगरको निशुल्क जाँच गरिएको थियो । आफु कोरोना भाइरसका कारण धेरै हन्डर र दुःख पाएकाले अझ सक्रियतापूर्व रक्तदान कार्यक्रमा जुट्न प्रेरित गरेको बज्राचार्यले बताए ।
उनले रगतको अभावमा कोहि नागरिकले ज्यान गुमाउनु नपरोस भन्ने उद्देश्यले राजधानीमा क्रियाशिल अन्तर्राष्ट्रिय लायन्स क्लव ३२५ ए २ डिष्ट्रिक अन्र्तरगत रहेका लायन्स क्लवहरुको सक्रियतामा रक्तदान कार्यक्रम गरेको जानकारी दिए ।

उक्त कार्यक्रममा ३२५ ए २ का डिष्ट्रिक भाइस गर्भनर दिनेश श्रेष्ठ, सेकेन्ड भाइस गर्भनर उत्तम झा, क्याबिनेट सेक्रेटरी लायन्स शिबकुमार कटुवाल, एनएलफ चिफ लायन डा. कमल कायस्थ, कलष्टर चिफ लायन कृष्णज्योति शाक्य, वुमन फ्यामिलि मेम्बरशिप चियपर्सन लायन्स प्रणिता बराल, एरिया चियर पर्सन भरत प्रसाई, रिजन चियरपर्सन अम्बिका भट्टराई, जोन चियर पर्सन योगेन्द प्रताप शाही, डिष्ट्रिक्ट भोकेशनल चिफ लायन्स लक्ष्मी महत, लायन्स रक्त संकलन विभागका चिफ लायन्स रुकेश रञ्जीत, लायन्स बिज्ञ बज्राचार्य, लायन मुक्ति भण्डारी लगायत विभिन्न क्लबका पदाधिकारीहरुको उल्लेखिय उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्राविधिक सहयोग कान्तिपुर ब्लडबैंक र भक्तपुर हार्ट एण्ड डायविटिज सेन्टरले गरेको थियो । उक्त रक्तदान तथा मधुमेह चेकजाँच कार्यक्रममा नेपाल जर्नालिस्ट क्लबका संस्थापक अध्यक्ष योगेन्द्र प्रताप शाही, वर्तमान अध्यक्ष नेत्र न्यौपाने, प्रथम उपाध्यक्ष यज्ञ ढकाल, सचिव दामोदर प्रसाद दवाडी, कोषाध्यक्ष रीता ढकाल तथा सदस्य सन्तोष गौतम लगायतको सक्रिय उपस्थिति रहेको थियो ।
साथै सो अवसरमा समाज सेवाका लागि सर्मपित भन्ने नाराका साथ स्माइल फर नेपाल युटुव च्यानलको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यद्वारा शुभारम्भ गरिएको थियो ।
काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...
रुपन्देही : रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका अन्तर्गत साविक बोधवार र पर्सा गाउँ विकास समिति क्षेत्रमा एकसरो नापी भएको करिब ५८ वर्षपछि...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति रहेको बताएका छन् । ‘बहुध्रुवीय विश्वमा चीन र दक्षिण एसियाः...