काठमाडौं । २०५औँ भानुजयन्तीको अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानको आयोजनामा आयोजित हिम्वत् खण्ड कला साहित्य सम्मिलन २०७५ चन्द्रागिरि घोषणा पत्रजारी गर्दै असार ३१ गते सम्पन्न भयो ।
प्रधानमन्त्री के.पी शर्मा ओलीको पमुख आतिथ्यमा चन्द्रागिरि हिल्स लिमिटेडको बहुउद्देश्यीय हलमा आयोजित एक विशेष कार्यक्रममा सातै प्रदेश एवम् विदेशबाट प्रतिनिधित्व गर्दै आएका स्रष्टाहरुले कविता मार्फत समृद्धिका स्वर उचालेका थिए । उक्त कार्यक्रममा प्रधानमन्त्री स्वमले दश हरफको कविता चन्द्रागिरि पर्वतमा अवस्थित भालेश्वर महादेवको मन्दिर परिसरमा सिर्जना गरि कार्यक्रममा बाचन समेत गरेका थिए ।
सोही अवसरमा प्रधानमन्त्री ओलीले संक्षिप्त मन्तव्य दिदैे चन्द्रागिरि पर्वतको पौेराणिक कालदेखिकै इतिहास उल्लेख गरेका थिए ।
कार्यक्रमलाई चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्षएवम् नेपाल उद्योग वाणिज्य महासंघका उपाध्य चन्द्र प्रसाद ढकालले धार्मीक, राजनितिक एवम् ऐतिहासिक महत्व बोकेको यस एकिकृत पर्यटकिय गन्तव्य चन्द्रागिरि पर्वतबाट स्रष्टाहरुले उचालेको समृद्धिको स्वरमा आफ्नो ऐक्यबद्धता जनाउँदै चन्द्रागिरिमा यस्तोे महत्वपूर्ण कार्यक्रम आयोजना गरेकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे । २०७५ सालअसार २९–३१ सम्मजारी त्रिदिवसीय कार्यक्रममा हिमवत् खण्ड अन्र्तगतका २४ राष्ट्रका स्रष्टाहरुको सहभागी रहेको थियो ।
काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...
काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...
भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...