
काठमाडौं । अविरल बर्षाका कारण बागमती, विष्णुमती तथा मनोहरा खोला किनारहरुमा पानीको बहाव उच्च हुन गई खोला किनारहरुमा रहेका बस्तीहरु डुबानमा परी जनजीवन प्रभावित भएको हुँदा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरि तपशिलमा उल्लेख भए बमोजिम उद्धार कार्य गरिएको छ ।

काठमाडौं महानगरपालिका वडा नं.१० स्थित थापाथली ईलाकाको प्रस्तुति गृह नजिक बागमती खोला किनारमा रहेका सुकुम्बासी बस्तीहरुमा पानीको सतह बढेकोले प्रभावित घरहरुमा रहेका महत्वपूर्ण सामानहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं.२० रामघाट ईलाका तथा परोपकार पूल ईलाकास्थित बिष्णुमती नदीको किनारमा रहेका स्थानीय बासिन्दाहरुको घरमा पानी छिरेकाले स्थानीयहरुलाई आवश्यक सहयोग गरेको साथै परोपकार पूल ईलाकामा जम्मा भएको फोहरको कारण पानीको बहाव अवरोध भएकोमा फोहोर हटाई बहाव सामान्य बनाएको छ ।

काठमाडौं महानगरपालिका वडा नं.१० स्थित त्रिपुरेश्वरदेखि कालिमाटी ईलाकासम्म बागमती खोलाको किनारमा पानीको बहाव उच्च भएकाले स्थानीयहरुलाई आवश्यक सहयोग गरेको छ ।
भक्तपुर जिल्ला, मध्यपुर ठिमि नगरपालिका वडा नं.१ लोकन्थलीस्थित सुकुम्वासी वस्ती तथा दिव्यश्वरी प्लानिङ्ग क्षेत्रका बस्तीहरु डुवानमा परेको हुंदा प्रभावितहरुलाई आवश्यक सहयोग गरेको छ ।
तारकेश्वर नगरपालिका वडा नं.११, नेपालटार हाईटस्थित स्वास्थ्य चौकी भवनमा अविरल बर्षाका कारण पहिरो गएको हुँदा सम्भावित थप पहिरोको अस्थायी रोकथाम गरेको तथा सोही वडाको नेपालटारस्थित स्थानीयवासीको घरमा पानी पसेको हुँदा पानी हटाउने कार्य गरेको छ ।
भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
कपिलवस्तु : तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा फेला परेका छन् ।...