मुलुकको नेतृत्व–३ – Naya Bikalpa
July 14, 2026, Tuesday      Epaper

मुलुकको नेतृत्व–३

अच्युतप्रसाद पौडेल ‘चिन्तन’
हो विकसित मुलुकरुमा औद्योगिक वातावरण सवल छ । श्रमिक र रोजगारदाताबीच सम्बन्ध मिठो छ । श्रमिकको हकहित छ । उच्च मनोबलका साथ श्रमिकहरु काम गर्छन् । स्वास्थ सम्बन्धी सुरक्षात्मक उपायहरु अपनाइएको हुन्छ । स्वास्थ वीमा परिवारको सुरक्षा, केटाकेटीहरुको शिक्षा, वोनस, वीमा, भरण, पोषणका चिन्ता हुँदैनन् । औद्योगिक मुलुकहरुमा । तर हामीकहाँ सस्तो राजनीतिले गर्दा, ट्रेड युनियनको गुण्डागर्दीले गर्दा श्रमिकको हकहित परेको छ । व्यक्तिलाई भोलिको भन्दा आजको चिन्ता बढी हुन्छ । हाम्रो मुलुकमा कुनैपनि अभियानले स्थिरता पाउन सकेको छैन । वर्षाको भेलझै अभियानहरु, योजनाहरु उर्लेर आउँछन् अनि हिउँदका खहरे खालाझै सुकेर जान्छन् ।

सामाजिक सुरक्षा अभियान पनि कतै यस्तै नाराको लागि नारा नै हुन त जादैन ? यो आशंका छ सबैतिर । केही समय अघि प्रधानमन्त्रीले ठुलै अभियानका साथ विद्युतीय वसको सञ्चालन उद्घाटन गरे, अहिले विद्युतीय वसहरु कारखानामा थन्किएका छन् ।

अहिले रेलमार्गको कुराले ठुलै बजार पाएको छ । फेरि ट्रलिवसको इतिहास जस्तै सबै अभियान इतिहासकै पानामा सीमित हुने हुन् कि ? अन्तर्राष्ट्रिय विमानस्थलहरुको चर्चा चल्दा, वीरगञ्ज–काठमाडौं द्रुतमार्गको चर्चा चल्दा पानी जहाजको ठुलै बजार हल्ला चल्दा–साविकमा राम्ररी सञ्चालन हुँदै आएको काठमाडौं कोदारीमार्गको पुुनः सञ्चालन भए बढी राम्रो हुने थियो ।

मुलुकमा राजनैतिक ठूला परिवर्तनसँगै औद्योगिक उत्पादन दरमा निराशा छाएको छ । मुलुकको आर्थिक विकासमा औद्योगिक उत्पादनको दश प्रतिशत भन्दा बढि आएको योगदान दिएको थियो । हाल सबै उद्योगमा भने मुलुकले केही फड्को मारेको छ । बैकिङ्ग सेवा, दूर सञ्चारक्षेत्र, नेटवर्किङ्ग क्षेत्र, सूचना प्रविधि छापाखाना केही अंगहरु विस्तार भएका छन् । तर उत्पादनमूलक उद्योगको स्थिति नाजुक छ ।

राज्यको काम व्यापक र विस्तृत छ । कुनैपनि कामबाट राज्य उम्कनै मिल्दैन । सामाजिक सद्भाव, राष्ट्रिय एकता र अखण्डता । सुरक्षा, स्वास्थ, शिक्षादेखि शान्ति र अमन चयन राज्यका दायरा हुन् । आधुनिक लोककल्याणकारी राज्यका काम अनगिन्ति छन् ।

दिन पर दिन नवीनता, नयाँ सोध, नयाँ खोज, नयाँ प्रमको प्रवेश, नयाँ लगानी, नयाँ उत्साह सरकारका चुनौति प्रशासनिक दक्षता, विकासको प्रशासन र प्रशासनको विकास । भुमण्डलीकरणमा संसारको एक कुनामा रहेको राज्यले अर्को कुनामा रहेको राज्यसँग सजिलै संवाद, स्पर्श, आशा, भरोसा, व्यापारिक मार्गको खुल्लापन ।

राज्य व्यवस्था साधु र सरलताले पनि चल्दैन तर नीति धर्म नीतिले राजनीति सञ्चालित हुनुपर्छ । धर्म नीति विना राजनीति कहिल्यै सफल हुँदैन । जहाँ धार्मिक र निष्ठावान नागरिकहरुको अपहेलना हुन्छ । नेतृत्व वर्गको सत्यनाश पनि सुरु भैहाल्छ । राज्यले कोही कसैलाई उपेक्षा गर्न मिल्दैन । मुलुकको पुख्र्यौली रितीस्थितिलाई चटक्क बिर्सन मिल्दैन ।

विसंगतिलाई सच्याउन सकिन्छ । आफ्नो राज्यमा मुलुकका जनता सबै सुरक्षित हुन जरुरी छ संयमित पनि । सबैले आ–आफ्नो क्षेत्रबाट हुनसक्ने कर्म सबैले गर्नुप¥यो । विद्धान् व्यक्ति अझ सम्मानित हुनुपर्छ किनभने उसले असल बाटोमा डो¥याउन उसले सबैलाई प्रेरणा दिइ रहेका छन् । स्वास्थमा कोही पछि पर्नुहुन्न । स्वास्थको ख्याल सर्वप्रथम व्यक्तिले आफ्र गर्नुपर्छ । कोही कसैलाई तिरस्कार गर्नुहुन्न ।

जब जब राज्य निदाउँछ । तब चोर फटाहाहरुको विगबिगी बढ्छ । गुण्डागर्दी फस्टाउँछ । विश्व बन्धुत्व नै गुमराहमा पर्न जान्छ । चोरी, हिंसा, लुटपाट हुन रातनै पर्नुपर्दैन । दिन दाहाडै नागरिकहरु असुरक्षित हुन्छन् । राज्यमा अन्याय बढ्छ । राज्यसुत्ने होइन, जागा हुन जरुरी छ । ब्राह्मण, क्षत्री, बैश्य वा शुद्र कुनै सोदान होइन ।

कार्य विशेषले सबै ब्राह्मण हुन्, सबै क्षत्री हुन्, सबै बैश्य हुन् अनि सबै शुद्र । प्रश्न उठ्छ कसरी ? जब ज्ञानको, सिपको, दक्षताको, कुशन नीतिको धर्मशास्त्रको, दैवी शक्तिको प्रयोग हुन्छ, व्यक्ति ब्राह्मण हुन्छ–पढ्ने पढाउने उपदेश दिने सबैजसो कार्य मुखबाटै हुन्छ – शिक्षा दिने दीक्षा दिने, चरित्र निर्णय गराउने कार्य ब्राह्मण कार्य भयो । त्यही व्यक्ति सबैको रक्षा, सुरक्षा दिन थाल्छ, साहसिला कार्यमा अग्रसर हुन्छ, ठूलाठूला वीरताका कार्यहरु गर्न थाल्छ, बाहुबलको प्रयोग गर्छ, अघि ब्राह्मणले दिएको आलबल बाहुवलमा प्रयोग हुन्छ ।

अब त्यही व्यक्ति क्षत्री प्रकृतिको भैहाल्छ । ब्राह्मण हुँदा मुखको प्रयोग धेरै गरेथ्यो, अब क्षत्री भयो बाहु अर्थात् हातको प्रयोग भयो । इतिहास रच्ने साहसी कार्यमा अग्रसर भयो । उही व्यक्ति अब भरण पोषण, खरिद, बिक्री, बन्द, व्यवसाय, किनबेच पसल, मल व्यापारिक कम्प्लेक्स, उन्नति प्रगतिको आर्थिक संस्थान लगानी उत्पादन उत्पादनका वस्तुहरुको प्रयोग खाद्यान्न पेटमा, लत्ता कपडा शरीरमा जीवनयापन सञ्चालनका क्षेत्रमा आइपर्ने तमाम आर्थिक गतिविधि गर्न बस्यो उही व्यक्ति बैश्य भइ हाल्यो । थोरै नाफा लिएर व्यापारिक समुन्नती, सेवातर्फ लाग्यो बैश्य भयो । अब यतिले जीवन पूर्णता भएन । सेवा चाहियो सेवा गर्न एउटै स्थानमा थन्किएर हुन्न ।

मान्छे मुर्ति होईन । अचलायमान हुन खोज्छ, उसका खुट्टाहरु दरा हुनुपर्छ । सेवा लिन, सेवा दिन हिँड्डुल जरुरी छ । अर्थात् खुट्टाको प्रयोग, आपूर्ति धन्दा, यातायात, सञ्चार रक्त सञ्चार । खुट्टामा काँडा बिज्दा शरीरको सबै अंग शिथिल भैहाल्छ । घरको जग राम्रो भएन भने के हुन्छ ? सुन्दर शरीर राम्रो घर, राम्रा व्यापारिक कम्प्लेक्स हुन, मजबुत हुन सतह बलियो हुनु जरुरी छ । कोही जन्मदै ब्राह्मण हुने होइन । सुकर्म गर्नेहरु सबै ब्राह्मण हुन् । रगत मात्रैले ब्राह्मण हुने होइन । रामका गुरु विश्वमित्र जन्मदै ब्राह्मण थिएनन् ।

महाभारतका प्रकाण्ड विद्धान् विदुर दासीपुत्र हुन् । टाढा जानु परेन हाम्रै काले राई ब्राह्मण कुलका होइनन् । सिद्धार्थ गौतम पनि ब्राह्मण कुलका होइनन्, खप्तड बाबा, शिवपुरी बाबा यस्ता धर्मवीर, कर्मवीर हाम्रा सामु कति उदाहरण छन् । हिजो आजकै मठ–मन्दिरमा पनि सबैतिर ब्राह्मण कुलमा जन्मेका बाहुनहरु मात्रै हुन् र ? यो जातिपातिको कोही ठूलो समस्यै होइन ।

एउटै व्यक्ति कार्य विशेषले ब्राह्मण, क्षत्री, बैश्य एवं शुद्र हुन् सक्छन् । कोही कसैले होच्याउन मिल्दैन । आ–आफ्नो कुल परम्पराअनुसार सबैले सैको सम्मान गर्नैपर्छ । राज्यले सबैको आत्म सम्मान हुने र स्वाभिमानमा बाँच्न पाउने वातावरण तय गरिदिनुपर्छ ।

सम्बन्धित समाचार

लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
लायन्स क्लब अफ नेपाल जर्नालिष्टद्वारा वृद्धा आश्रम नेपाललाई सहयोग
  • २०७५ माघ १४, १०: २९

काठमाडौं । लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ एफ अन्तर्गत स्थापना भएको लायन्स अफ नेपाल जर्नालिष्ट क्लबले स्थापना कालदेखि विभिन्न...

तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
तराईको उदयपुरदेखि झापासम्म पानी नपर्दा किसानको बेहाल
  • २०७५ माघ १४, १०: २९

काठमाडौं । असार महिना धान रोपेर किसानहरु रमाउने महिना, किनकी मानो रोपेर मुरी फलाउने कृषि प्रधान देश नेपाल यतिबेला, पहाडमा...

कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
कांग्रेस पार्टीको विधान संशोधन गर्ने गृहकार्य सुरु गरेका छौं : महामन्त्री थापा
  • २०७५ माघ १४, १०: २९

भक्तपुर । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेस पार्टीको विधानका बारेमा छलफल सुरु गरेका छौं भन्दै १५औं महाधिवेशनले छोपी सकेको...