अवसर नपाउँदा पनि असली कांग्रेस – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

अवसर नपाउँदा पनि असली कांग्रेस

काठमाडौं । सिंगो मुलुक आगामी महिना हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा होमिएको छ । यो संगै नेपाली कांग्रेसपनि निर्वाचन अभियान लिएर देशभर पुगेको छ । उम्मेदवारहरु सहयोगी काँधमा जिम्मेवारी र हातमा उम्मेदवारको व्यानर बोकेर घरदैलो अभियानमा निस्किसकेका छन् । तर टिकट नपाउनेहरुपनि यो पटक लोकतन्त्र र अधिनायकवादबीच जनमत संग्रह भन्दै चुनावी मैदानमा लागेका छन् । आफू योग्य हुँदा हुँदै पनि पार्टीले टिकट नदिएका काँग्रेस नेताहरु पनि उत्साहका साथ लोकतन्त्र र कांग्रेसको जीतका लागि चुनावी मैदानमा उत्रिएका छन् ।
काँग्रेस केन्द्रीय सदस्यहरु धनराज गुरुङ, सुरेन्द्र पाण्डे, बद्री पाण्डे, गुरु घिमिरे, कल्याण गुरुङ, सरिता प्रसाईँ, काँग्रेसका पूर्व प्रमुख सचेतक एवं पूर्व मुख्य सचिव शोभाकर पराजुली, नेविसंघ पूर्व महामन्त्री किरण पौडेल, नेविसंघ पूर्व केन्द्रीय महामन्त्री प्रतिमा गौतम लगायत युवाहरुले उम्मेदवारी दर्ता गर्न पाएनन् । जसले गर्दा काँग्रेसको नेतृत्व पंक्ति आम कार्यकर्ता र शुभच्छुकहरुको आलोचनाको शिकार बन्नु परिरहेको छ । तर, यस विषयमा असन्तुष्टिका भेललाई जिम्मेवारीको पहाडले तेस्¥र्याएर नेतृत्व आलोचनाबाट पन्छिएको छ ।
काँग्रेस नेता धनराज गुरुङले लोकतन्त्र र अधिनायकवादबीचको जनमत संग्रह भएको भन्दै चुनावी अभियानको दौड सुरु गरेका छन् । अर्का नेता कल्याण गुरुङ पनि अहिले चुनाव प्रचारमा व्यस्त छन् । उनलाई पनि आफुले टिकट नपाएको भन्दा पनि लोकतन्त्र रहन्छ कि रहदैन भन्ने चिन्ताले लोकतन्त्रको स्थायीत्वका लागि चुनावी मैदानमा होमिएको बताउदै चुनाव प्रचारमा छन् ।
नेता शोभाकर पराजुलीले पनि आफ्नो फेसबुक पेजमा नै लेखेका छन्–‘काँग्रेस आफ्नो घर हो । हामी सबैले यहाँका सबै असन्तुष्टिहरु यहीँ भित्र पोख्नसकिन्छ अहिलेलाई सबै मिलेर काँग्रेस जिताउन तर्फ लाग्नुपर्छ ।’ त्यस्तै, काठमाडौं क्षेत्र नं २ बाट संविधान सभा सदस्य निर्वाचनमा उम्मेदवार बनेकी प्रतिमा गौतमको नाम समानुपातिक सूचीको अन्तिम तिर राखिएको छ । उनको नाम समानुपातिक सूचीमा समावेश त गरियो । तर, पनि उनी लोकतन्त्र जिताउने अभियानमा जुटेकी छन् । बद्री पाण्डे, गुरुराज घिमिरे पनि आ–आफ्नो चुनावी मैदानमा उत्रिएका छन् ।
मुलुकमा ठूलाठूला परिवर्तनलाई सम्भव तुल्याएको पार्टीबाट प्रतिनिधित्व गर्न धेरैले आकांक्षा राख्ने भन्दै उनीहरु पार्टीको व्यवस्थापनमा देखिएको त्रुटी र केही नेताहरुको नियतीमै देखिएको खोटका कारण आफूहरुले टिकट नपाएको आरोप लगाउँछन् । टिकट नपाएर निराश बनेका ती उम्मेदवारहरुसँग कुराकानी गर्दा उनीहरु आफूले टिकट नपाउनुलाई भन्दा पनि पार्टीलाई जिताएर पार्टीको यो प्रवृत्ति अन्त्य गर्नु आवश्यक रहेको तर्क गर्छन् । संक्रमणकाल अन्त्य गरी आर्थिक समृद्धिको दैलो उघार्ने बेलामा अरु पार्टीले चुनाव जिते भने फेरि त्यो पनि सम्भव नरहेको भन्दै जसरी पनि काँग्रेसलाई नै चुनाव जिताउनुपर्छ भन्ने सोच उनीहरुमा पाइन्छ ।
विपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराई जस्ता नेताको नेतृत्वमा राणा शासनको अन्त्य गरेको काँग्रेसले तिनै गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता नेताको नेतृत्वमा पञ्चायत फालेर २०४७ सालमा प्रजातन्त्र स्थापना ग¥यो । २०६४ सालमा गिरिजा प्रसाद कोइरालाको नेतृत्वमा शान्ति प्रक्रिया टुंगोमा पुग्यो, मुलुकमा लोकतन्त्र आयो । तर, त्यसपछि भएको चुनावमा काँग्रेस दोस्रो शक्ति बन्दा मुलुकले संविधान पाउन सकेन । फेरि चुनाव भयो । त्यसबाट जनताले काँग्रेसकै आवश्यकता देखेर काँग्रेसलाई पहिलो बनाए । काँग्रेसकै नेतृत्वमा संविधान पनि जारी भयो । अब यो चुनावमा पहिलो पार्टी बनेर आर्थिक विकासको लहर फैलाउने बेलामा पार्टीलाई सहयोग गर्नतिर लागेका बताउँछन् ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७४ कार्तिक २३, १०: ४५

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७४ कार्तिक २३, १०: ४५

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालनको आधार बनाइने : अर्थमन्त्री वाग्ले
  • २०७४ कार्तिक २३, १०: ४५

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषलाई आन्तरिक बचत परिचालन गर्ने महत्वपूर्ण औजारका रूपमा अघि...