
नयाँ विकल्प,
काठमाडौं- उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले हरितालिका तिजको शुभकामना व्यक्त गरेका छन्।
आज विशेषगरी हिन्दु महिलासहित अधिकांश नेपाली महिलाले परम्परागत मूल्य मान्यतासहित नाचगान गरेर तिज मनाउँदै छन्।
‘पानीसमेत नपिएर मनाउने परम्पराले तिजमा धेरै दिदीबहिनीको स्वास्थ्यमा असर गरेको तथ्यलाई हृदयङ्गम गर्दै आफ्नो स्वाथ्यको पूर्ण ख्याल गरी तिज मान्न म दिदीबहिनीहरूलाई आग्रह गर्दछु,’ उपराष्ट्रपति पुनले शुभकामना सन्देशमा भनेका छन् ।
साथै विश्वव्यापी महामारी कोरोना भाइरसको असर कायमै रहेकोले सरकारबाट जारी स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी तीज मनाउन पनि उनले आग्रह गरेका छन्।
काठमाडौं : प्रधानमन्त्री बालेन शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिने भएका छन्। संघीय संसद् सचिवालयका अनुसार दिउँसो १...
काठमाडौं : बागमती प्रदेशमा नयाँ सत्ता समीकरणसँगै बनेको सरकार र त्यससँग जोडिएको समझदारी–पत्रमाथि गम्भीर राजनीतिक प्रश्न उठ्न थालेको छ ।...
काठमाडौं : यस वर्ष मनसुन प्रवेश गरेयता ६० दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले...