
काठमाडौं । स्वतन्त्र विद्यार्थीहरुको समुहले माइतीघर मण्डलामा विरोध प्रर्दशन गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूले इजलास बहिष्कार गरेर सेवाग्राही मारमा परेको बताउँदै विरोध प्रदर्शन गरेका हुन् ।
न्यायाधीशहरूले इजलास बहिष्कार गर्दा सेवाग्राही मारमा परेको र न्यायपालिकामा गुटबन्दी सिर्जना भएको विरोधमा स्वतन्त्र विद्यार्थीहरुले माइतीघर मण्डलामा सडक नाटक प्रस्तुत गरेका थिए । विरोधमा हड्तालकारी न्यायाधीसलाई जनताले घिसारेर इजलासमा लैजानु पर्छ भनेर लेखिएको ब्यानर राखेका थिए ।
विद्यार्थीहरुले इजलास बहिष्कार गर्न नहुने भन्दै विभिन्न प्लेकार्डहरू प्रदर्शन गरेका थिए । प्रदर्शनमा मुद्धा सुनुवाई गर्न छोडेर इजलास बन्द गर्ने कस्तो नैतिकता ?, स्वतन्त्रता ?, न्यायमूर्तिका रुपमा स्थापित सम्माननीय न्यायाधीशहरुलाई इजलास बहिष्कार गर्ने अधिकार कसले दियो ? हल्ला र गुटबन्दीको भरमा राजनीति चल्ला तर न्यायपालिका होइन, न्यायपालिका माथिको हस्तक्षेप बन्द गर, सबै खाले गुटबन्दीको अन्त्य गर, न्यायाधीशज्यूहरुबाट गरिएको हड्तालले न्यायमूर्तिको स्वभा दिएन, इजलासमा बसेर न्याय देउ, होइन भने राजीनामा देउ, हामी सेवाग्राही मारमा, न्यायाधीशहरु राजनीति, गुटबन्दी र बारमा लगायत नारा लेखिएका प्लेकार्ड प्रस्तुत गरेका थिए ।

भिडियाे…
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...