सरकारले न्यायालय विवादकाे विधिसंवत समाधान खाेज्नुपर्छः नेता सिंह – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper
न्यायालयको विवादमा सरकार मुकदर्शक भएर बस्नु राम्राे हाेइन्

सरकारले न्यायालय विवादकाे विधिसंवत समाधान खाेज्नुपर्छः नेता सिंह

विराटनगर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले न्यायालयको विवादमा सरकार मुखदर्शक भएर बस्न नमिल्ने बताएका छन् । विराटनगर विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै नेता सिंहले राज्य सञ्चालनको महत्वपूर्ण अगंकोरुपमा रहेको न्यायपालिका स्वतन्त्र निकाय भएकाले उत्पन्न विवादलाई निरुपण गर्न सरकारले विधि र विद्यानसम्मत तरिकाले समाधान खोज्नुपर्ने बताएका हुन् ।

नेता सिंहले न्यायालयलाई एक–दुई जना व्यक्तिका कारण अन्धकारको भुमरीमा धकेल्न र सम्पूर्ण न्यायपालिकालाई विकृत बनाउन नहुने उनको भनाई छ । उनले भने, ‘न्यायालय स्वतन्त्र निकाय हो । सरकार न्यायपालिकामा भइरहेको विवादमा मुख दर्शक हुनुहुँदैन । विधि र नियमअनुसार सरकारले छिटो न्यायालयको विवाद समाधान गर्नुपर्दछ ।’

फरक प्रसंगमा नेता सिंहले वर्तमान अवस्थामा अर्लि इलेक्शनको सम्भावना नरहेका बताए । संघीय र स्थानीय निकायको निर्वाचन समयसीमा नै हुनेमा विश्वस्थ रहन आग्रह गरे ।

नेपाली काँग्रेसको नेतृत्व परिर्वतनमा नयाँ सोच, विचार र योजनाअनुरुप काँग्रेसको नेतृत्व गर्न पार्टीको आगामी महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने समेत दोहोर्याए । उनले भने,‘ वर्तमान पार्टी नेतृत्व असफल भइसक्यो, नेतृत्वलाई जनताले विश्वास गर्न छाडे । पार्टी विधिविद्यानमा होइन् मनपरि चल्न थाल्यो यसकारण नेतृत्व परिवर्तन जरुरी छ ।’

सम्बन्धित समाचार

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७८ मंसिर १, १३: २५

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...

कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
कोशीमा भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने
  • २०७८ मंसिर १, १३: २५

काठमाडौं : हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको पूर्वी क्षेत्रसम्म मनसुन वायुको...

लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
लायन्स क्लब अफ नेपाल जर्नालिस्टको पूर्ण वैठक तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न
  • २०७८ मंसिर १, १३: २५

काठमाडौं : लायन्स क्लब अफ अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ एफ अन्तर्गत लायन्स क्लब अफ नेपाल जर्नालिस्टले गत साता पद हस्तान्तरण तथा...