
काठमाडौं । नेपाली काँग्रेस नेतृ डा. डिला संग्रोलाद्वारा लिखित पूस्तक ‘काँग्रेसको अबको बाटो’ प्रधानमन्त्री शेरबहादुर देउवाले विमोचन गरेका छन् ।
देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार आयोजित कार्यक्रमा पुस्तक विमोचन गरेका हुन् ।
प्रधानमन्त्री देउवाले किताबमा उल्लेखित राम्रा पक्षहरुलाई आत्मसाथ गर्दै काँग्रेसका आगामी बाटाहरु के के हुन सक्छन भन्ने बारेमा रहेको बताए ।
डा. संग्रोला महिला हकहितका लागि सदैव आवाज उठाउदै लोकप्रिय नेतृ बन्न सफल भएको मा प्रशंसा व्यक्त गरे ।
नेतृ संग्रौलाले पार्टी केन्द्र र वाहिर व्यापक बहसको विषय बनाउने उद्देश्यले राष्ट्रियता, प्रजातन्त्र र लोकतन्त्रको मुल मर्ममा टेकेर कांग्रेस भित्रका कमी कमजोरीलाई केलाउदै कांग्रेसलाई कसरी अगाडि बढाउनुपर्छ भन्ने विषयमा उक्त पुस्तक लेखेको बताइन् ।
पुस्तकमा काँग्रेसको संक्षिप्त इतिहास, सैद्धान्तिक स्पष्टता, जनताले चाहेको काँग्रेस, काँग्रेसको अवको बाटो र १४ औं महाधिवेशनमा काँग्रेसका एजेण्डाहरु के के हुनसक्दछन् भन्ने विषयमा केन्द्रीत रहेको नेतृ संगौलाको भनाइ रहेको छ ।
भिडियाे…
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...