कांग्रेस अधिवेशनः विवादित वडा, नगर र क्षेत्रमा आज मतदान हुँदै – Naya Bikalpa
November 15, 2026, Sunday      Epaper

कांग्रेस अधिवेशनः विवादित वडा, नगर र क्षेत्रमा आज मतदान हुँदै

महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको क्षेत्र नम्बर १ मा निर्वाचन हुने भएको छ । आकांक्षी उम्मेदवारहरूबीच विवाद सिर्जना भएपछि महोत्तरीको निर्वाचन क्षेत्र नम्बर १ र ३ मा मतदान हुने नेपाली काँग्रेसले जनाएको छ ।

क्षेत्र नम्बर ३ मा भने अझै विवाद कायमै रहेको नेपाली कांग्रेस महोत्तरीले जनाएको छ । मनरासिस्वा नगरपालिका–८ मा पनि आजै मतदान हुँदै छ । वडा अधिवेशनपछि मात्रै क्षेत्र नम्बर ३ मा चुनाव हुने महोत्तरीका सभापति महेन्द्र राय यादवले बताए ।

विवादका कारण अझै प्रदेश प्रतिनिधि चयन हुन नसकेको उनको भनाइ छ । पालिका, क्षेत्रीय र प्रदेश प्रतिनिधि चयन गर्ने प्रक्रिया सकिएपछि मात्र जिल्ला अधिवेशनको तयारी गर्ने यादवले बताए ।

लामो विवादकै कारण अझै बल्वा नगरपालिकामा अधिवेशन हुन सकेको छैन । बल्वा नगरपालिकाको विवादलाई आजै समाधान गरी निष्कर्षमा पुर्‍याइने तयारी छ ।

बल्वा नगरपालिकाको नगर अधिवेशन र मनरासिस्वा नगरपालिका–८ को अधिवेशन सम्पन्न भएपछि महोत्तरीमा वडा र नगर अधिवेशन सम्पन्न हुने काँग्रेसले जनाएको छ ।

सम्बन्धित समाचार

सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
सरकार र पार्टीबीच कुनै विवाद छैन : रवि लामिछाने
  • २०७८ मंसिर ११, ११: ४८

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै पनि प्रकारको विवाद वा समस्या नरहेको स्पष्ट...

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
  • २०७८ मंसिर ११, ११: ४८

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले विश्वासको मत लिने प्रयोजनका...

सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण
सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशद्वारा शपथ ग्रहण
  • २०७८ मंसिर ११, ११: ४८

काठमाडौं । सर्वोच्च अदालतका चार नवनियुक्त न्यायाधीशले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार नै...