आफूले गठबन्धन गर्दा राम्रो, अरुले गर्दा नराम्रो भन्नु मानसिकता खराब हाेः माधव नेपाल – Naya Bikalpa
July 28, 2026, Tuesday      Epaper
सर्वाेच्चकाे गतिराेध अन्त्य संवाद र छलफलबाटै गरिनुपर्छ ।

आफूले गठबन्धन गर्दा राम्रो, अरुले गर्दा नराम्रो भन्नु मानसिकता खराब हाेः माधव नेपाल

विराटनगर । सर्वोच्च अदालतमा देखिएको गतिरोधको अन्त्य सबै पक्षको संवाद र छलफलबाट हुनुपर्ने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बताएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसंगको कुराकानीमा अध्यक्ष नेपालले न्यायपालिकाको गरिमालाई उच्च बनाइराख्न र जनताको न्याय पाउने अधिकारको रक्षा गर्न सबै पक्षले संवादबाट समाधानको बाटो खोज्नुपर्ने बताएका हुन् ।

पाँच दलीय राजनीतिक गठबन्धन लोकतन्त्रको सुदृढीकरण र सङ्घीयता रक्षा गर्न बनेको र यसमा विपक्षी नेताहरुले भने जस्तो कुनै समस्या नरहेको बताए । नेता नेपालले गठबन्धनका दलहरुमा तीन तहको एकैपटक निर्वाचन गर्ने हो वा अलगअलग गर्ने हो त्यस विषयमा छलफल भइरहेको बताए ।

तीन तहको निर्वाचनसम्म नै गठबन्धन जारी रहने बताउँदै नेपालले अवको केही दिनमा सम्पन्न हुने राष्ट्रियसभाको निर्वाचनमा गठबन्धनले राम्रो सफलता हासिल गर्ने बताए ।

त्यस्तै विपक्षी दलका नेतालाई कटाक्ष गर्दै नेपालले आफूले गठबन्धन गर्दा राम्रो अरुले गर्दा नराम्रो भन्नु मानसिकता खराब भएको बताए ।

सम्बन्धित समाचार

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७८ मंसिर २०, १३: १७

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७८ मंसिर २०, १३: १७

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...

शेखर गोल्छा एक करोड धरौटीमा रिहा
शेखर गोल्छा एक करोड धरौटीमा रिहा
  • २०७८ मंसिर २०, १३: १७

काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...