
काठमाडौं । देश विकासको अभियानमा संलग्न गैर सरकारी संस्थालाई आवाश्यक सुरक्षाको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाँणले निर्देशन दिएका छन् । शक्रबार काठमाडौंमा गैर सरकारी संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री खाँणले देश विकासमा हातेमालो गर्दै गरेको गैर सरकारी संस्थाहरुलाई आवश्यक सुरक्षाको प्रबन्ध गर्न मातहतका सुरक्षा निकायलाई निर्देशन दिएका हुन् ।
गैर सरकारी संस्थाहरुले विगतका विविध संकटहरुमा उल्लेखनीय काम गरेको स्मरण गर्दै गैर सरकारी संस्थाहरुको माग अनुसार कानुन परिमार्जनको कामलाई अघि बढाउन सरकार तयार रहेको बताए । सरकारले राज्यका कुनै पनि निकायमा हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको पनि स्पष्ट पारे ।
मन्त्री खाँणले गैरसरकारी संस्थाका सन्दर्भ वा उद्योग, व्यवसायसँग सम्बन्धित कुनै पनि संस्थाहरुमा सरकारले नियन्त्रणकारी, हस्तक्षेपकारी भूमिका खेल्न नचाहेको गृहमन्त्री खाँणको भनाइ थियो ।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...