
काठमाडौं । सोमबारको राष्ट्रिय सभा बैठक कार्यसूचीमै प्रवेश नगरि स्थगित भएको छ । बैठक सुरु भएलगत्तै एमालेका सांसदहरु आसनबाट उठेर उभिएर विरोध गरेपछि सभा स्थगित भएको हो ।
सांसदहरुको विरोधमा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले सांसदहरुलाई आसन ग्रहण गर्न आग्रह गरेका थिए । पटकपटक आसन ग्रहण गर्न आग्रह गरेपनि नेकपा एमाले सांसदहरुले निरन्तर विरोध जनाएपछि अध्यक्ष तिमिल्सिनाले कार्यसुची हटाएको जानकारी गराउँदै बैठक स्थगित भएको घोषणा गरेका थिए ।
गत भदौ २३ गतेदेखि नेकपा एमालेले निरन्तर संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ ।
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...
काठमाडौं : व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा भएका छन् । जिल्ला अदालत काठमाडौंकी न्यायाधीश प्रतिमाकुमारी भट्टराई पोखरेलको...