कमल थापाद्वारा ‌माओवादी नेतालाई एमालेमा स्वागत – Naya Bikalpa
October 25, 2026, Sunday      Epaper

कमल थापाद्वारा ‌माओवादी नेतालाई एमालेमा स्वागत

नयाँ विकल्प,

काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेकपा माओवादी केन्द्रका जिल्लास्तरका नेतालाई नेकपा एमाले प्रवेश गर्दा स्वागत गरेका छन्।

एमालेले आगामी मंसिर ४ मा हुने निर्वाचनका सन्दर्भमा चुनावी रणनीति बनाउनका लागि आफ्ना पार्टीका तर्फबाट उम्मेदवार बनेका नेता र जनवर्गीय संगठनका नेतासँग अन्तर्क्रिया कार्यक्रम राखेको थियो ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका जिल्ला सदस्य शंकर राउत एमाले प्रवेश गरेका हुन्। थापाले राउतलाई एमालेमा स्वागत गरेका हुन् ।

कार्यक्रममा उनले करिब २० मिनेट सम्बोधन गरेका थिए । सम्बोधनको बढीजसो समय उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा खर्च गरे भने राष्ट्रवादी शक्तिलाई किनारा लगाउन सत्तागठबन्धन लागिपरेको आरोप लगाए ।

उनले सूर्य चिह्नबाट चुनाव लड्न पाउनु आफ्नो लागि गौरवको कुरा भएको दोहोर्‍याए ।

 

सम्बन्धित समाचार

सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
सप्तकोशीमा जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु
  • २०७९ आश्विन २४, १८: १७

काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढिसक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री
  • २०७९ आश्विन २४, १८: १७

धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...

धनुषामा श्रीमान्–श्रीमती मृत फेला
धनुषामा श्रीमान्–श्रीमती मृत फेला
  • २०७९ आश्विन २४, १८: १७

जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...