निर्वाचनलाई सफल तुल्याउन दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेका छौँः प्रमुख निर्वाचन आयुक्त – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

निर्वाचनलाई सफल तुल्याउन दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेका छौँः प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ, २३ कात्तिक । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी निर्वाचनलाई ऐतिहासिक रुपमा सफल तुल्याउन दृढता र प्रतिबद्धताका साथ अघि बढिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी तथा निर्वाचन आचारसंहिताका बारेमा नेपाल सरकारका मुख्य सचिव र सचिवलाई जानकारी गराउने उद्देश्यले आज यहाँ आयोजित छलफल कार्यक्रममा उहाँले जसरी पनि निर्वाचन जित्नुपर्छ भन्ने पक्षलाई निरुत्साहित र नियन्त्रण गर्न निर्वाचन आचारसंहिता पालनामा आयोगले जोड दिइरहेको उल्लेख गर्नुभयो ।

निर्वाचनमा खटिने कर्मचारीमा स्वच्छ र स्वतन्त्र भूमिका एवम् व्यवहार प्रदर्शन, प्रभावकारी मतदाता शिक्षा, निर्वाचन सामग्री तथा मतदान केन्द्रको व्यवस्थापन र सुरक्षित रुपमा मतपेटिका संकलन गर्नु आयोगको अहिलेको चुनौती रहेको बताउँदै प्रमुख निर्वाचन आयुक्त डा यादवले आगामी निर्वाचनलाई सफल तुल्याउन आयोगले सबैको सहयोगको अपेक्षा गरेको बताउनुभयो ।

सरकारका मुख्य सचिव लोकदर्शन रेग्मीले मुलुकको प्राथमिकताको सूचीमा रहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई सफल तुल्याउन आवश्यक शान्तिसुरक्षा, स्रोतसाधन र जनशक्ति उपलब्ध गराउन सरकार प्रतिबद्ध छ भन्नुभयो ।

“निर्वाचनलाई सफल तुल्याउन हामी सतर्क र दत्तचित्त छौँ,” उहाँले भन्नुभयो, “निर्वाचन हामी सबैको साझा लक्ष्य हो, निर्वाचनलाई सफल तुल्याउन हामी सतर्क र दत्तचित्त छौँ, एकाकार भएर काम गर्ने छौँ, निर्वाचनमा खटिएका राष्ट्रसेवकबाट भइरहेको कार्य सम्पादनको अनुगमन भइरहेको छ ।”

निर्वाचन आयुक्त सुधीरकुमार शाहले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई सफल तुल्याउन सरकारका तर्फबाट हरदम सहयोग, सद्भाव र प्रतिबद्धता होस् भन्नुभयो ।

निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले आगामी निर्वाचनलाई ध्यानमा राखेर सरकारले सवारीसाधन, टेलिफोन, विद्युत्, एम्बुलेन्स, हेलिकोप्टर नियमित र सुव्यवस्थित गर्न तथा आममतदाता, कर्मचारी र उम्मेदवारलाई सुरक्षाको प्रत्याभूति दिलाउन आवश्यक छ भन्नुभयो ।

आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले समग्र निर्वाचन प्रक्रिया र निर्वाचनका लागि भइरहेको तयारीका विविध पक्षबारे जानकारी दिनुभएको थियो । रासस

सम्बन्धित समाचार

क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
क्रियाशील सदस्यता वितरण तीव्र बनाइएको छ, असोजमै महाधिवेशन हुन्छ : डा. डिला संग्रौला
  • २०७४ कार्तिक २३, ०९: ४९

धनकुटा : नेपाली कांग्रेसकी सहमहामन्त्री डा. डिला संग्रौलाले पार्टीको निर्धारित महाधिवेशन आगामी असोजमै सम्पन्न हुने बताउँदै त्यसको तयारीस्वरूप देशभर क्रियाशील...

रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
रास्वपाको दोस्रो चरण निर्वाचन तालिका सार्वजनिक, राति सवा ९ बजेदेखि मतदान
  • २०७४ कार्तिक २३, ०९: ४९

चितवन ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दोस्रो चरणअन्तर्गत पार्टी पदाधिकारी निर्वाचनको तालिका सार्वजनिक गरेको छ । केन्द्रीय निर्वाचन आयोगका...

रास्वपा महाधिवेशन : मतदान जारी
रास्वपा महाधिवेशन : मतदान जारी
  • २०७४ कार्तिक २३, ०९: ४९

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेकाे छ । महाधिवेशनअन्तर्गत...