चुनावका लागि नेविसंघको ‘एक बुथ, ५० युथ’ अभियान – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

चुनावका लागि नेविसंघको ‘एक बुथ, ५० युथ’ अभियान

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन (नेविसंघ) ले आसन्न प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर ‘एक बुथ, ५० युथ अभियान’ सुरु गरेको छ । वाम गठबन्धन ‘अधिनायकवाद लाद्ने प्रपञ्च’ भएको ठहर गर्दै नेविसंघले कांग्रेसको पक्षमा जनलहर सिर्जना गर्न अभियान थालेको हो ।

अभियानअन्तरगत हरेक जिल्लाबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने पदाधिकारीलाई खटाइएको छ । ‘केन्द्रीय समितिमा प्रतिनिधित्व नभएका ८ जिल्लामा सम्बन्धित प्रदेश उपाध्यक्ष र सह–महामन्त्रीलाई संयुक्त रुपमा खटाइएको छ । उनीहरुले सम्बन्धित क्षेत्रका उम्मेदवारसँगको समन्वयमा प्रचारप्रसार अभियानसहित अन्य चुनावी गतिविधि सञ्चालन गर्नेछन् भने हरेक शनिबार पार्टीमा त्यसको प्रतिवेदन बुझाउने छन् । साथै, नेविसंघले चुनावका वेला हुन सक्ने सम्भावित उछृङ्खल गतिविधिलाई रोक्न प्रत्येक निर्वाचन बुथमा ५० जना युवालाई स्वयंसेवकको रुपमा खटाउने उपाध्यक्ष प्रकाश रानाले बताए ।

नेपाल विद्यार्थी संघ जस्तै नेपाल तरुण दलले पनि नेपाली कांग्रेसको चुनावी अभियानमा तरुणहरु खटाउने तयारी गरेको छ । तरुण दलले दुई बामपन्थी पार्टी मिलेको र एमाले निकट युवा र माओवादी निकट वाइसिएलका अराजक गतिविधी नियन्त्रणका लागि रणनीति सहित कार्यकर्ता परिचालनको तयारीमा लागेको छ । त्यसैगरि नेपाल महिला संघले पनि आफ्नो चुनावी तयारी थालेको छ । महिला संघले “टोल टोलमा महिला” भन्ने अभियानका साथ अभियान संचालनको तयारीमा लागेको छ । तरुण दल, महिला संघ तथा नेपाल बिद्यार्थी संघका कोहि पनि पदाधिकारीहरु चुनावी मैदानमा नलागी पाटी जिताउनका लागि लागेका छन् ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
कांग्रेसको १५औं महाधिवेशन : ६३ जिल्लामा सकियो वडा अधिवेशन
  • २०७४ कार्तिक २३, १०: ३२

काठमाडौं : नेपाली कांग्रेसको १५औं केन्द्रीय महाधिवेशनअन्तर्गत देशका ६३ जिल्लामा वडा अधिवेशन सम्पन्न भएको छ । केन्द्रीय निर्वाचन समितिका सदस्य...

पूर्वसभापति देउवाको गृह वडामा पूर्णबहादुर देउवा सभापति चयन
पूर्वसभापति देउवाको गृह वडामा पूर्णबहादुर देउवा सभापति चयन
  • २०७४ कार्तिक २३, १०: ३२

काठमाडौं : नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको गृह वडा डडेल्धुराको गन्यापधुरा-१ मा पूर्णबादुर देउवा वडा सभापति बनेका छन् । अधिवेशनले...

प्रधानमन्त्री शाहसँग कांग्रेस उपसभापति शर्मा र संसदीय दलका नेता आङ्देम्बेको भेटवार्ता
प्रधानमन्त्री शाहसँग कांग्रेस उपसभापति शर्मा र संसदीय दलका नेता आङ्देम्बेको भेटवार्ता
  • २०७४ कार्तिक २३, १०: ३२

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा र संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले आज भेट गरेका छन् । सिंहदरबारस्थित...