
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को छैटौं संस्करण बिहीबारदेखि काठमाडौंमा सुरु हुने भएकाे छ ।
चैत २ देखि ६ गते (मार्च १६–२०) सम्म हुने छैटौं ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (निफ) को सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएकाे छ । ‘निफ’को समुद्घाटन सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालबाट हुने र संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीबाट कार्यक्रमको समापन गरिने बताइएकाे छ ।
बुधबार आयोजित्र पत्रकार सम्मेलनमा ५५ देशबाट आएका ५ सय बढी चलचित्र मध्येबाट ३५ देशका ९५ चलचित्र प्रतियोगिताका लागि छनौट गरिएको जानकारी दिइयो । यी सम्पूर्ण चलचित्रको प्रदर्शन क्यूएफएक्सद्धारा सञ्चालित चारवटा अत्याधुनिक सिनेमा हलहरुबाट हुने भएको छ । काठमाडौंको सिभिल मल र छायाँ सेन्टर, पुलचोकको लविङ मल अनि भक्तपुर राधेराधेको भाटभटेनीमा रहेको हलबाट हुने बताइएकाे छ । संसारभरीका प्रतिनिधि चलचित्रलाई आफ्नै आँगनमा हेर्न पाउने यो अवसरबाट कलाकर्मी तथा कलाअनुरागी कोही पनि बञ्चित हुनहुन्न भनेर नै उक्त प्रदर्शनको दायरालाई फराकिलो पारेको आयोजकले जनाएको छ ।

छैटौं निफको ‘ओपनिङ फिल्म’को रुपमा कोरिन शर्मा निर्देशित चलचित्र ‘चरी’ (अप्रतियोगी) प्रदर्शन हुने भएकाे छ । त्यसैगरी तोकिएका सिनेमा हलहरुमा टिकट बुकिङ खुला भएको र ‘खल्ती एप’ मार्फत टिकट बुकिङ गर्न सकिने आयोजकले बताएकाे छ । चलचित्र प्रदर्शनको सेड्युल समेत सार्वजनिक गरिसकिएको छ ।
त्यसैगरी विगतमा झैं यस पटक पनि ७ विधामा १४ वटा पुरस्कार वितरण गरिने जनाइएकाे छ । प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लामा छोटा चलचित्र, डकुमेन्ट्री तथा एनिमेटेड चलचित्रहरुको विधा समावेश गरिएका छन् ।
यो पटकको निफमा समेत रचनात्मक कार्यक्रमलाई विशेष महत्व दिईएको बताइएकाे छ । चलचित्र क्षेत्र र सम्बन्धित विधाका विज्ञहरुले विभिन्न सेसनमा उल्लेख्य सहभागिता जनाउने टुंगो लागिसकेको छ । सम्पूर्ण सेसनहरु र एकल प्रस्तुतिका सम्बन्धमा सार्वजनिक भएका सेड्युल मार्फत जानकारी लिन पनि अनुरोध गरिएको छ । निफ र मिडियाको सम्बन्ध अन्योन्याश्रित छ । पहिलो निफदेखि अहिलेसम्र्म प्राप्त ‘मिडिया सपोर्ट’ उल्लेख्य मात्र छैन, तारिफ योग्य पनि भएको जनाइएको छ । भविष्यमा पनि यस्तै ‘सपोर्ट’को अपेक्षा गरिएको जानकारी आयोजकले दिएको छ ।
काठमाडौं : भोजपुरको हतुवागढी गाउँपालिका–९, हसपुरस्थित कोप्चेबाट सुनसरीको बराहक्षेत्रतर्फ आउँदै गरेको जेटबोट दुर्घटनामा परेको छ । अरुण र दूधकोशीको संगम...
धनुषा : स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणको टेन्डर प्रक्रिया अघि...
जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...