नेपालगञ्ज । नवदुर्गाका आकर्षक मूर्ति नेपालगञ्जमै निर्माण हुन थालेपछि सीमावर्ती बजार जानुपर्ने बाध्यता हटेको छ । नेपालगञ्जका टोलटोलमा स्थापना गरिने दुर्गा भवानीका मूर्ति पछिल्लो समय स्थानीय कालीगढले यही निर्माण गरेर बिक्री वितरण गर्न थालेका छन् ।
नेपालगञ्ज–८ का छोटु केवटलाई अहिले मूर्ति बनाउन भ्याइनभ्याइ छ । अस्थायी टहरा निर्माण गरेर उनले एक महिनादेखि मूर्ति बनाउँदै आएका छन् । घटस्थापनाको दिनसम्म माग आए अनुसार सबै मूर्ति तयार गरिसक्नुपर्ने भएकाले यतिबेला दिनरात काममा व्यस्त छन् ।
सामान्य काठ, सुथरी, पराल र माटोको मिश्रणले बनाउने मूर्तिको सजावटका सामग्री भने भारतीय बजारबाटै आयात गरिने गरेको उनको भनाइ छ । दसैँको समयमा केही मूर्ति बनाउन अर्डर आउँछ भने केही आफैँ बनाएर बिक्री गर्ने गरिएको बताए ।
तीन चार ठाउँमा व्यावसायिक रुपमा माटोबाट भगवानको मूर्ति बनाएर बिक्री वितरण हुने गरेको छ । दसैँ नजिकिँदै जाँदा मूर्तिकारको दैनिकी व्यस्त भएको छ।
जनकपुरधाम : धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा श्रीमान्–श्रीमती मृतावस्थामा फेला परेका छन् । माइतीघरमा बस्दै आएकी ३० वर्षीया रीना देवी...
काठमाडौं : ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सुरु भएको बागमती सफाइ महाअभियान शनिबार पनि जारी रह्यो...
चितवन : कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय...