सोलुखुम्बुमा भारत सरकारको सहयोगबाट निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन – Naya Bikalpa
July 29, 2026, Wednesday      Epaper

सोलुखुम्बुमा भारत सरकारको सहयोगबाट निर्मित खानेपानी आपूर्ति परियोजनाको उद्घाटन

सोलुखुम्बु । भारत सरकारको अनुदान सहयोगमा सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका खुमजुङ र कुण्डे गाउँमा निर्माण गरिएको खानेपानी आपूर्ति परियोजनाको राष्ट्रिय सभा सदस्य सोनाम ग्याल्जेन शेर्पा र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव प्रियाधरसिनी आरले संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको “India@75 आजादीका अमृत महोत्सव” अन्तगर्त यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ वटा परियोजना मध्येको एक भएको दुतावासले जानकारी दिएको हो ।

‘भारत–नेपाल विकास सहकार्य’ कार्यक्रम अन्तर्गत भारत सरकारको ४ करोड २३ लाख ९० हजार अनुदान सहयोगमा परियोजना निर्माण गरिएको बताइएको छ । उक्त परियोजनाले खुमजुङ र कुण्डे क्षेत्रका ६०० घरपरिवार तथा विद्यालय लगायत अस्पताल, सरकारी कार्यलय र घुम्न आउने पर्यटकका लागि सफा तथा स्वच्छ खानेपानी उपलब्ध गराउनेछ ।

उक्त परियोजनाले खुमजुङ र कुण्डे क्षेत्रका बासिन्दालाई पानी भर्न टाढासम्म जानुपर्ने दैनिक झन्झटबाट मुक्त गरी उनीहरुको जीवनस्तर उकास्न मद्दत गर्ने दुतावासले विश्वास लिएको छ ।

भारत सरकारले २००३ यता नेपालमा ५२३ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरु अघि बढाइरहेको छ भने यसमध्येबाट ४६७ वटा सम्पन्न भइसकेको जानकारी दिएको छ । सम्पन्न भइसकेका मध्येमा सोलुखुम्बुका २ गरी प्रदेश १ मा ७८ वटा रहेका छन् ।

भारत सरकारले यसका अतिरिक्त सोलुखुम्बु जिल्लामा ३ वटा एम्बुलेन्स उपहार स्वरुप प्रदान गरिसकेको दुतावासले जनाएको छ । नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच बहुपक्षीय एवम् बहुक्षेत्रीय सहकार्य रहेको छ ।

भारत सरकारले सम्पन्न गरेको यस्ता परियोजनाले नेपाल सरकारदे खानेपानी व्यवस्थापनको क्षेत्रमा गरेका प्रयासहरु थप सहयोग पुगेको छ ।

सम्बन्धित समाचार

एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको आह्वान
एकअर्कालाई प्रेम र सम्मान गर्दै सामाजिक सद्भाव कायम राख्न प्रधानमन्त्री शाहको आह्वान
  • २०७८ फाल्गुन ३०, १६: ५६

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । घटनानको दुई दिनपछि प्रधानमन्त्री शाहले सामाजिक...

भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
भारतीय सहयोगमा पुनर्निर्मित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगम उद्घाटन
  • २०७८ फाल्गुन ३०, १६: ५६

काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...

मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
मुग्लिन–नारायणगढ सडकमा तेस्रोपटक पहिरो, यातायात पुनः अवरुद्ध
  • २०७८ फाल्गुन ३०, १६: ५६

काठमाडौं ।  चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...