
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले रानीपोखरीस्थित दरबार हाइस्कूलमा आयोजित एक कार्यक्रममा टाइफाइडविरुद्ध बालबालिकालाई दिइन लागिएको खोप अभियानको उद्घाटन गरेका छन् ।
आजदेखि देशभर सुरु भएको टाइफाइडविरुद्धको खोप अभियान आगामी वैशाख २५ गतेसम्म चल्नेछ भने १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई उक्त खोप दिइनेछ । मन्त्रालयका अनुसार नेपालमा पहिलो पटक यो खोप दिइन लागिएको हो ।
सरकारले नजिकैको खोप केन्द्रमा गएर खोप लगाउन सबैमा अनुरोध गरेको छ । उक्त खोप अभियानमा १५ महिनादेखि १५ वर्ष उमेर समूहका झण्डै ७५ लाख बालबालिकालाई दिइने लक्ष्य राखेको छ ।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्जमा भएको घटनाप्रति दु:ख व्यक्त गरेका छन् । घटनानको दुई दिनपछि प्रधानमन्त्री शाहले सामाजिक...
काठमाडौं : भारत सरकारको आर्थिक सहयोगमा पुनर्निर्माण गरिएको ललितपुरको पाटनस्थित गुस्तल महाविहार र प्रथमश्री महाविहारको आगमको उद्घाटन गरिएको छ ।...
काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत मुग्लिन बजार नजिकै खहरे खोलामा मंगलबार साँझ तेस्रोपटक सुख्खा पहिरो खस्दा सडक पुनः दुईतर्फी अवरुद्ध...