मोरङ । प्रदेश सरकार गठन भएसँगै कोशीमा शान्ति, सद्भाव कायम राख्नु आफ्नु दायित्व भएको मुख्यमन्त्री केदार कार्कीले बताएका छन् ।
राजनीतिक सङ्कट समाधान भएको तर्क गर्दै कार्कीले सञ्चारकर्मीसँग भने, अब कोशीको राजनैतिक संकट हट्यो ।प्रदेशमा मध्यावधि निर्वाचन हुने सम्भावना सरकार गठनसँगै टर्यो ।
मख्यमन्त्री कार्कीले समुदायबीच सौहार्द्रपूर्ण वातावरण कायम राख्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताए ।
छलफल, संवाद एवं वार्ताद्वारा समस्या समाधान गर्नमा प्रदेश सरकारले जोड दिने बताए । सबै पक्षसँग सहमति कायम गरेर मात्र आफू अघि बढ्ने जिकिर गरे ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...