काठमाडौँ । मलेसियाको क्वालम्पुरबाट काठमाडौँ आएको मालिन्डो एयरमा चरा ठोक्किएपछि शनिबार केही बेर विमानस्थल बन्द गर्नुपरेको छ ।
विमान अवतरण गर्ने क्रममा मरेको चरा भेटिएपछि चेकजाँचका लागि केही बेर विमानस्थल बन्द गर्नुपरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले बताए ।
मालिन्डो एयरले अवतरण गर्ने क्रममा ‘सस्पेक्टेड बर्ड स्ट्राइक’ रिपोर्ट गरेको थियो । त्यसैको चेकजाँचका गर्न करिब २० मिनेट विमानस्थल बन्द गर्नुपरेको हाे । विमानमा भने कुनै क्षति नदेखिएको झाले बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...