अछाम । मंगलसेन नगरपालिका १३ वस्तीबाट सदरमुकाम मंगलसेन आइरहेको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मंगलसेनका ४७ वर्षीय दिनेश थापाको घटनास्थलमै मृत्यु भएको छ ।
कर्णाली प्रदेशको १३१० नम्बरको उक्त जिप गाउँबाट बुधबार बेलुकी मंगलसेन आइरहेका बेला दुर्घटना भएको बताइएको छ ।
उकालोमा जिपको ब्रेक फेल भएपछि दुर्घटना डरले बलेरो जिपको पछाडि बसेका दिनेशले हामफालेपछि सोही जिपको टायरले च्यापेर निधन भएको अछाम प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनाबाट बचेको सो जिपमा सवार रहेका अन्य ११ जनालाई भने कुनै चोट पटक नलागेको अछाम प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए । सदरमुकाम मंगलसेनबाट टाढा भएकाले घटनास्थलमा प्रहरी परिचालन गरिसकिएको अछाम प्रहरी प्रमुख डीएसपी पाठकाको भनाइ छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...