काठमाडौं । जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रमुख डीएसपी भीमलाल भट्टराई निलम्बनमा परेका छन् ।
मदिरा सेवन गरेर महिला प्रहरीलाई दुर्व्यवहार गरेको उजुरीपछि उनलाई निलम्बन गरेको हो ।
भट्टराईलाई हुम्लाबाट कर्णाली प्रदेश प्रहरी कार्यालय तानिएको छ भने जिम्मेवारीबाट हटाएर हाल उनको ठाउँमा रवीन्द्र खनाललाई पठाइएको छ ।
यसअघि पनि भट्टराई विभागीय कारबाहीमा परेका थिए । २०७७ वैशाखमा इलाका प्रहरी कार्यालय बुटवलमा हुँदा कार्यालयमै मदिरा
सेवन गरेको र आदेश पालना नगरेको अभियोगमा उनको जिम्मेवारी खोसिएको थियो।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...