कन्काई दुर्गापूर जोड्ने सडक कालोपत्रे – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कन्काई दुर्गापूर जोड्ने सडक कालोपत्रे

कन्काई । झापाकाे कन्काई नगरपालिका वडा नं. ७ को दुर्गापूर र इलाम क्षेत्र जाेड्ने सडक कालोपत्रे भएको छ ।

कोशी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय झापाबाट कार्यान्वय आएको  १४ किलोमिटर ५ सय मिटर सडक कालोपत्रे भएकाे हाे ।

पूर्व पश्चिम महेन्द्र राजमार्गमा पर्ने दुर्गापूरबाट इलामको माई नगरपालिका जोड्ने सडक कालोपत्रे भएपछि स्थानीयबासी खुसि भएका छन् ।

नालाबाहेक साढे ७ मिटर चौडा सडक निर्माण भएको छ । अस्पाल प्रविधिको सडक कालोपत्रेका लागि २०७८ भदौ २३ मा ठेक्का संझौता भएको थियो ।

सबै सडक समयमै कालोपत्रे भएको पूर्वाधार विकास कार्यालय झापाका प्रमुख रमेश श्रेष्ठले बताए ।

दुर्गापूर दानाबारी सडक कालोपत्रे गर्न ३७ करोड ११ लाखमा ठेक्का आवाह्न भएकोमा २३ करोड ४८ लाखमा संझौता भएको रमेश श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक १७, ०६: ४६

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० कार्तिक १७, ०६: ४६

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक १७, ०६: ४६

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...