त्रियुगाको देउरी गाउँ शोकमा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

त्रियुगाको देउरी गाउँ शोकमा

उदयपुर । त्रियुगा नगरपालिका ५ पुरानो देउरी गाउँ शोकमा डुबेको छ । थारुबस्ती देउरीबाट अधेरी झरना पिक्निक खान हिडेको बस मदन भण्डारी लोकमार्गको गाईघाट कटारी सडकखण्ड अधेरी जोगिटोलमा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

चालक ४० बर्षिय भिखन चौधरी, ११ बर्षीय बालक बिकास चौधरी र ७ बर्षियन बालिका सुमित्रा चौधरीको उपचार क्रममा मृत्यु भएको हो । अन्नपूर्ण बोर्डिङ स्कुल बस रिजर्भमा लिएर गएका पिक्निक टोली अधेरी झरनामा नुहाएर फर्किने क्रममा जोगिटोलको अधेरीमा सडकबाट अनियंत्रित भई ३० मिटर जोगिखोलामा खसेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक रमेश थापाले बताए ।

२८ जना गम्भीर घाइते भएका छन् । जिल्ला अस्पतालमा प्राथमिक उपचारपछि बिराटनगरको न्युरो, नोबेल, गोल्डेन अस्पतालमा थप उचारका लागि रेफर गरेको छ । अधिकास घाईतेको टाउको, हात, खुट्टामा गहिरो चोट लागेको छ । पुरानो देउरीका स्थानिय थारु समुदाय पिक्निक खान अधेरी गएका थिए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर ९, १२: ३४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर ९, १२: ३४

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर ९, १२: ३४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...