बागलुङ । मौलिक भाका जोगाउन आमाहरु जुटेका छन् । मौलिक कला, संस्कृति र गीत संगीतमा बागलुङ धनी छ भन्दै यहाँका आदिवासी जनजाति महिला जुटेका हुन । जैमिनी नगरपालिका–३ दमेककी टीकादेवी क्षेत्री ६५ वर्षकी भइन् ।
यो उमेरमा पनि उनी गीत गाउने र रमाइलो गर्ने निकै रुचि राख्छिन्। बुढ्यौली लागे पनि टीकादेवीलाई पुराना भागाका गाउन कुनै समस्या छैन। मेला, पर्व र गाउँमा लाग्ने महोत्सवमा अहिले पनि उनी गीत गाउन हिँड्छिन्। खास गरी उनले बिना सालैजोको ठाडी भाका, यानीमाया, सुनिमाया र झ्याउरे गीत गाउने गरेकी छन् ।
पछिल्लो समय नयाँ पुस्ताले आधुनिक र विदेशी गीतसंगीतप्रति चासो दिँदा मौलिक लोकभाका हराउँदै गएको जनाउँदै उनी चिन्ता व्यक्त गर्छिन्। पुराना मौलिक लोकभाकालाई संरक्षण गर्न टीकादेवीको नेतृत्वमा महिला आमा समूह नै सक्रिय भएका छन्। गाउँमा सिर्जना आमा समूहमार्फत मौलिक गीतसंगीतको जगेर्ना भइरहेको छ।
अर्म, पर्म लाग्दा, घाँस दाउरा गर्दा, मेलापात जाँदा र लामो दूरीको यात्रा गर्दा मनोरञ्जनको माध्यम बिना सालैजोको ठाडी भाका, सालैजो र झ्याउरे भाका भएको उनीको भनाइ छ। आधुनिक सञ्चारमाध्यमको विकास, पुराना पुस्ताका कलाकारबाट पुस्तान्तरण र नयाँ पुस्ताको चासो नहुँदा यस्ता गीत हराउन थालेको टीकादेवीले बताइन्।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...