दाङ । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले राप्ती नदिमा भएको बस दुर्घटना प्रति दु :ख व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री दाहालले दुर्घटनामा मृत्यु हुनुहुने सबैप्रति भावपूर्ण श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।
दाहालले सम्पूर्ण घाईतेकाे उद्वार औषधी उपचारकाे ब्यबस्थापन मिलाउन प्रहरी प्रशासन र अस्पताललाई निर्देशन दिएका छन् । प्रधानमन्त्री दाहालले बाँकेको नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे १० दाङ
देउखुरीको राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती नदीको पुलबाट खस्दा १२ जना यात्रुको मृत्यु भएको दुर्घटनाप्रति दुख व्यक्त गर्दछु भनेका छन् । घटनाकाे सत्यतथ्य जाँचबुझ गरि तत्काल घटनाकाे बिवरण पठाउन निर्देशन गरेकाे प्रधानमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...