एमाले धादिङको कुटाकुट विवाद बालकाेट सम्म पुग्याे – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एमाले धादिङको कुटाकुट विवाद बालकाेट सम्म पुग्याे

माघ । एमालेको धादिङ जिल्ला अधिवेशनको कुटाकुट विवाद पार्टी केन्द्रसम्म आईपुगेको छ । शनिबार राती कार्ययोजना प्रस्तुत गर्नेसम्बन्धमा विवाद हुँदा नेताहरुबीच कुटाकुट भएको थियो ।

विवाद भएपछि अधिवेशन सोमबारसम्म स्थगित भएको छ । धादिङमा नेता खेम लोहनी र जिल्ला अध्यक्ष भूमि त्रिपाठी पक्षबीचको गुटगत कुटाकुट भएको थियो।

बागमती प्रदेश कमिटी अध्यक्ष कैलाश ढुंगेलले एउटा पक्षलाई जिताउने गरी लागेपछि अवस्था जटिल भएको धादिङ एमालेका कार्यकर्ताको भनाइ छ।

धादिङमा बलियो अवस्थामा रहेको त्रिपाठी समूहलाई पन्छाउँदै प्रदेश अध्यक्ष ढुंगेलले लोहनी समूहका डा रामकुमार अधिकारीलाई अध्यक्ष बनाउन लागेपछि विवाद बढेको नेताहरुको दाबी छ ।

लोहनी समूह एमाले अध्यक्ष आोलीको कट्टर समर्थक हुन भने त्रिपाठी एमालेको दशबुँदे पक्षधरका नेता हुन् । गएको प्रदेश अधिवेशनमा अध्यक्षका अर्का प्रत्याशी कृष्णप्रसाद दाहालको पक्षमा त्रिपाठी लाग्दा लोहनीले हालको प्रदेश अध्यक्ष कैलाश ढुंगेललाई खुलेर समर्थन गरेका थिए ।

यसैबीच एमाले अधिवेशनको विवाद पार्टी हेडक्वाटरमा आईपुगेपछि अध्यक्ष केपी शर्मा ओलीले प्रदेश अध्यक्ष ढुंगेलसहित ८ जना नेतालाई छलफलका लागि बालकोट बोलाएका छन् ।

सम्बन्धित समाचार

विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ  अनुसार हुनु हदैन ।
विधानको पालना सबैका लागि समान हुनुपर्छ, समय र स्वार्थ अनुसार हुनु हदैन ।
  • २०८० माघ २१, २१: ०४

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का महासचिवबाट जारी गरिएको राजनीतिक आबद्धता त्यागसम्बन्धी परिपत्र हेर्दा केही गम्भीर प्रश्नहरू उठेका छन् ।...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०८० माघ २१, २१: ०४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०८० माघ २१, २१: ०४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...